संगालोखबर सम्वाददाता

सुनसरी । मोटरसाइकल चोरीमा संलग्न तीन जना इटहरीको खनारबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी उप–महानगरपालिका–२ का ४० बर्षीय सुवासचन्द्र राई, इटहरी २० का ३८ बर्षीय बलराम गुरुङ र इटहरी–१३ का २६ बर्षीय राजेश मेहेता छन् ।

जेष्ठ १२ गते मोरङको सुन्दरहरैंचा नगरपालिका–४ बाट गजेन्द्र राईको प्रदेश–१–०५–००१ प.००६१ न.को एनएस २ सय सीसीको मोटरसाईकल हराएको थियो । मोटरसाइकल हराएपछि राईले खोजतलासका लागि प्रहरीमा उजुरी दिएका थिए ।

Advertisement

त्यसपछि अनुसन्धान तथा खोजतलास थालेको प्रहरीले खनारबाट चोरी भएको मोटरसाइकलसहित बिहिबार राती १० बजे उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई कारबाही प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!