संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीको इटहरी उप–महानगरपालिका–२० स्थित कोशी लोकमार्गमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा संखुवासभाको खाँदवारी नगरपालिका–७ का २६ बर्षीय सन्तोष राई र २० बर्षीय अभि राई छन् ।

बिहिवार साँझ ७ बजे धरानबाट इटहरी तर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ८१९६ नम्बरको बसले बिपरीत दिशा तर्फ जाँदै गरेको को.२७ प २१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकल चालक सन्तोष र पछाडि सवार अभि घाइते भएका थिए । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा दुबै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

बस र चालक इटहरी–४ का टिकाराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!