संगालोखबर सम्वाददाता

धनकुटा  । धनकुटाको कर्मिटारमा आज दिउँसो आगलागी हुँदा दुई वटा घर र एउटा गोठमा क्षति पुगेको छ । आगोले स्थानीय विश्वबन्धु थापाको घर र गोठ तथा काजी नारायण खड्काको घरमा क्षति पुगेको हो ।

Advertisement

आगाले विश्वबन्धुको घरसहित घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, भाडा लगायत सामान जलेर नष्ट भएका छन् । गोठमा रहेका दुई वटा खसी र १८० वटा कुखुरा पनि जलेका छन् । काजी नारायणको घरमा पनि आंशिक क्षति पुगेको छ ।

घरभित्र रहेको टिभीसहित लत्ताकपडा जलेर नष्ट भएका छन् । आगलागीबाट करिब ११ लाख बराबरको क्षति भएको अनुमान गरिएको प्रहरी निरीक्षक होम अधिकारीले जानकारी दिए ।

विश्वबन्धुको घरसँगै रहेको गोठमा खोले पकाउने क्रममा आगो सल्किएको हो । धनकुटा नगरपालिकाको दमकलको सहायतामा प्रहरी र स्थानीयवासीले करिब एक घण्टापछि आगो नियन्त्रणमा लिएका थिए ।

भिडियो हेर्नुहोस्…

थप तस्वीरहरु…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!