काठमाडौं । बोरुसिया डर्टमुन्डले उसमान डेम्बेलका लागि बार्सिलोनाले राखेको प्रस्ताव अस्वीकार गरेका छन् ।

Advertisement

साथै बिहीबारको प्रशिक्षणमा अनुपस्थित रहेको भन्दै फ्रान्सका डेम्बेललाई निलम्बनका साथ जरिवाना तोकिएको छ ।

जर्मन क्लबले बार्सिलोनाको प्रतिनिधिलाई भेटेको स्वीकार गरेको छ । तर, बार्सिलोनाले २० वर्षीय डेम्बेललाई राखेको प्रस्ताव आफ्नो भ्यालुएसन अनुसार नभएको ब ताएको छ ।

बोरुसिया डर्टमुन्डले डेम्बेल स्पेन जान ‘अहिले सम्भव छैन’ भनेको छ ।

क्लबका मुख्य प्रशिक्षक पिटर बोस्जका अनुसार सुरुमा डेम्बेलसँग सम्पर्क हुन सकेको थिएन । डेम्बेललाई सोमबारसम्म निलम्बन गरिएको क्लबले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!