संगालोखबर सम्वाददाता

सुनसरी । सुनसरीको हरिनगरा गाउँपालिका–४ बाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको अररिया बबुवान पञ्चायत घोर्नाथानाका २७ बर्षीय ओम प्रकाश पाल छन् ।

Advertisement

विशेष सूचनाका आधारमा गएराती साढे १ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी निरीक्षकको टोलीले पाललाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पाल हरीनगरा–४ का डोमी मेहताको घरमा पाहुना आएका थिए । उनको वीआर ३९जे ६८३५ नम्बरको मोटरसाइकलको डिकिभित्र प्लास्टिकमा बाँधेर लुकाइ राखेको अवस्थामा प्रहरीले एउटा कटुवा पेस्तोल र ३ राउण्ड गोली बरामद गरेको हो ।

पक्राउ परेका पालको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!