इटहरी, २८ असोज । छोटो स्कर्ट, अनुहारमा रातो लाली अनि शरिरका अन्य अंगलाई निकै नै कामुक बनाउने पहिरन, लाग्छ कि उनिहरु कुनै मोडल भन्दा कम छैनन ।

Advertisement

यसरी इटहरीको मध्यरातमा यस्ता दृश्य आजकल दैनिक झै देख्न पाइन थालेको छ । यि कोही नभई तेस्रोलिंगी अर्थात यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायका व्यक्ति हुन । पछिल्लो केही महिना यता इटहरी उपमहानगर क्षेत्रमा उनिहरु मध्ये केही रातको समयमा निस्कने र यौन बिकृती बढाउन थालेको पाइएको छ ।

उनिहरुले एक व्यक्तिसँग अप्राकृतीक यौन सम्पर्क गरेवापत ५ सय देखी २ हजार रुपैंया सम्म लिने गरेका छन । प्राय रातको १० बजेपछि तेस्रोलिंगीहरु बजारका ग्राहक खोज्न शुरु गर्छन । उनिहरुको अप्राकृतिक यौन सम्बन्ध गरेवापत उनिहरुले शुल्क लिने गरेका छन । प्रहरीले केहीलाई रङ्गेहात पक्राउ समेत गरिसकेको छ ।

उनिहरु पैसामा सहमत भएपछि रातको समयमा सडक आसपास तथा लजमा समेत गएर यौनक्रिया गर्ने गरेका छन् ।

इटहरीमा खुलेआम संञ्चालन हुने यौन व्यवसाय नियन्त्रणमा आएपछि अहिले केही तेस्रोलिंगीहरुले इटहरी भित्र यस्ता नयाँ बिृकती भित्राउन थालेका हुन । होटल, रेष्टुरेन्ट तथा लजमा युवती नै राखेर व्यवसाय गर्ने इटहरीका रेष्टुरेन्ट, लज तथा होटल अहिले प्राय सबै नियन्त्रणमा आएका छन ।

इटहरीमा खुलेआम रुपमा तेस्रोलिंगीका कारण अहिले यौन बिकृती बढेको जनगुनासो समेत बढ्न थालेको छ । इटहरी पश्चिम लाईनमा होटल व्यवसाय गर्ने दुर्गा बहादुर बिकले रातको समयमा उनिहरुको होहल्ला र क्रियाकलापले इटहरीको बेइज्जत हुन थालेको बताउँछन ।

‘दिनमा नदेखिने उनिहरु रातमा कहाँबाट आउछन’ ? बिकले प्रश्न गरे । उनका अनुसार रातमा बिषेश गरी ट्रकका चालक तथा सहचालकसँग उनिहरुसँग भेटिन्छन । यो बिषयमा प्रशासन र इटहरीका सरोकारवाला निकायले सोच्नु पर्ने समय आएको होटल व्यवसायी बिकको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!