एजेन्सी, ३१ भदौ । ताजा मिसाइल परिक्षणपछि युरोपमा उत्तर कोरियाका सांस्कृतिक सम्बन्धका विशेष प्रतिनिधी एलेग्जेन्ड्रा काओ डि बेनोले हमलाको प्रकृति हेरेर उत्तर कोरिया अमेरिकामाथि हाइड्रोजन बम खसाल्न तयार भएको बताएका छन् ।

Advertisement

यति मात्र होइन उनले उत्तर कोरिया आजको मितिसम्म अमेरिकाको कुनै पनि शहरलाई निशाना बनाउन सक्षम भएको भन्दै चेतावनी दिएका छन् ।

एलेग्जेन्ड्रो काओ डि बेनो किम जोंगका सबैभन्दा नजिकका व्यक्तिमध्येका एक मानिन्छन् ।

परमाणु परिक्षणपछि दुई हप्ताभन्दा कम समयमा उत्तर कोरियाले जापानको तर्फबाट अर्को एक मिसाइल प्रक्षेपण गरेको छ जसपश्चात् यो क्षेत्रमा चलिरहेको तनावमा थप वृद्धि भएको छ ।

‘संसारलाई आफ्नो क्षमता देखायौं’

एलेग्जेन्ड्रो काओ डि बेनोले बीबीसीलाई भने, ‘अमेरिकाका सबै वैज्ञानिकलाई थाहा भयो होला कि हामीले जुन मिसाइल प्रक्षेपण गरेका छौं त्यो कम उचाईका बाबजूद लामो यात्रा तय गर्न सक्छ । यसबाट हामी चार हजार किलोमिटरसम्म पठाउन सक्छौं । अर्थात् अब हामी अमेरिकाको लगभग कुनै पनि शहरसम्म पुग्न सक्छौं ।’

उनले भने, ‘यसका साथै हामीले विभिन्न परमाणु परिक्षण पनि गर्यौं । यसले हाम्रो परमाणु क्षमता देखाउँछ । संसारलाई अब हाम्रो प्रविधी र वैज्ञानिक क्षमताबारे थाहा भएको छ ।’

डोनल्ड ट्रम्पको खेल समाप्तः

उत्तर कोरियाको सेनाले भने, ‘मिसाइलले ७ सय ७० किलोमिटरको उचाई हाँसिल गर्यो र होकाइडोको समुन्द्रतर्फ करिब ३ हजार ७ सय किलोमिटरको यात्रा तय गर्यो ।’

काउ डि बेनोले भने, ‘डोनल्ड ट्रम्पलाई थाहा भइसकेको छ कि उनको खेल समाप्त भइसकेको छ तर संसारको अगाडि टेलिभिजनमा आफ्नो शक्ति प्रदर्शन गर्दै यो ढोंग गर्दछन् कि उनी अमेरिकालाई पुनः महान बनाउन प्रयास गरिरहेका छन् । दोस्रोतर्फ कुनै पनि गम्भीर स्थितीबाट बच्न र सुरुवाती सहमती बनाउनका लागि हाम्रो पहिलेदेखि नै कुराकानी भइरहेको छ । ’

अमेरिका आफ्नो अडानमा कायमः

उत्तर कोरियाको परमाणु कार्यक्रमको विषयमा अमेरिका लगातार चेतावती दिइरहेको छ । यद्यपी, उत्तर कोरियामाथि यसको कुनै असर देखिएको छैन ।

यसैबिच, संयुक्त राष्ट्रमा अमेरिकी राजदूत निकी हेलीले यदि कडा आर्थिक प्रतिबन्धले काम नगरे वासिङ्टनसँग सैन्य कारवाहीको अन्य विकल्प पनि रहेको बताएकी छिन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!