यो कुरा सुन्दैमा पत्यार लाग्दैन । मानिस मरिसकेपछि उसको लासको केही काम लाग्दैन । त्यसैले संस्कार अनुसार जलाउने वा गाड्ने तथा अन्य तरिकाले अन्त्येष्टि गरिन्छ । तर अब भने मान्छेको लास यसरी खेर जाने छैन । मान्छेको लासबाट बहुमूल्य हिरा उत्पादन हुन थालेको छ ।

एउटा यस्तो प्रविधि तयार भएको छ जसले मानिसको मृत शरीरलाई हिरामा बदल्नेछ । यसमाथि एउटा कम्पनीले काम गरिरहेको छ । उक्त कम्पनीको नाम अलगोरदान्ज हो । यसको नेपाली अर्थ हुन्छ सम्झना ।

यो कम्पनीले स्विजरल्याण्ड, जर्मनी तथा अस्ट्रियामा आफ्नो कारोबार गर्दै आएको छ । यो कम्पनीको माध्यमबाट कोहीपनि मानिसले आफ्नो पि्रय आफन्तको मृत्युपश्चात् उसको सम्झनालाई आफुसँगै सदैव राखिराख्न पाउनेछन् । यो कम्पनी मृत शरीर जलाइसकेपछिको खरानीलाई हिरामा बदल्नेछ । रिनाल्डो बिल्ली नामक व्यक्तिले यो कम्पनी खडा गरेका हुन् ।

रिनाल्डो बिल्ली जब स्कुलमा पढ्थे तब उनका शिक्षकले तरकारीलाई हिरामा बदल्ने बारेमा पढाएका थिए । उतिबेलै उनको मनमा जिज्ञासा उत्पन्न भएको थियो की आखिर तरकारीलाई हिरामा परिणत गर्न सकिन्छ भने लासलाई पनि हिरा बनाउन सकिएला ।

आफ्नो उक्त आइडियामा आधारित रहेर उनले काम गरिसकेका छन् । जस अनुसार मानिसको लासको खरानीबाट सिन्थेटिक हिरा बनाउने काम उनको कम्पनीलेे गर्दछ । यो कम्पनीले एक वर्षमा झण्डै ८ सय ५० वटा लासलाई हिरा बनाइसकेको छ ।

सिन्थेटिक तथा असली हिरा लगभग उस्तैउस्तै हुन्छ । रिनाल्डो बिल्लीको गज्जबको आइडियाका कारण अहिलेसम्म धेरै मानिसले आफ्ना पि्रय मृतक आफन्तको चिनोलाई हिरा बनाएर जुनीजुनीसम्म राख्न पाएका छन् । एजेन्सी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!