पर्वत। हिमालपारिको जिल्ला मुस्ताङबाट दशैंका लागि व्यापारीहरूले यो वर्ष २० हजार भन्दा बढी भेडाच्याङ्ग्रा ल्याउने भएका छन्।

Advertisement

भदौ १५ देखि उपल्लो मुस्ताङका सीमा क्षेत्रका स्थानीय र तिब्बतका व्यापारी बीच कोरला नाका क्षेत्रमा जारी अन्तरदेशीय व्यापार मेलामा नेपाली व्यापारीहरुले १५ हजारको हाराहारीमा भेडा र ५ हजारको हाराहारीमा च्याङ्ग्रा ल्याउन लागेका हुन्।

 ‘मेला केही दिनमा सकिँदैछ। अहिलेसम्म बुझ्दा भेडाको खरिदबिक्री उत्साहजनक छ’,  जिल्ला पशु सेवा कार्यालय मुस्ताङका योजना अधिकृत आइतबहादुर थकालीले भने, ‘गत वर्ष सीमा क्षेत्रका किसानले पहिला नै ल्याएर राख्थे, अहिले मेलामै किनबेच भइरहेको छ, यो वर्ष २० हजार भेडाच्याङग्रा बजारमा जाने अनुमान छ।’

कार्यालयको तथ्यांक अनुसार गत वर्ष १३ हजार भेडा र ८ हजार ४५ च्याङग्रा मुस्ताङबाट बाहिरिएका थिए। किसानले २७ करोड रुपैयाँको कारोबार गरेका थिए।

चाडपर्वको समयमा नेपाली बजारमा हुने मासुको मागलाई तिब्बत र सीमा क्षेत्रका किसानले पालेका भेडाच्याङ्ग्राले धेरै हदसम्म माग पूर्ति गर्दै आएको छ।

गत वर्षहरुमा जेठ असार महिनामै सीमा क्षेत्रका किसानले तिब्बतका किसानबाट ल्याएर पालेका भेडा नै बजारमा आएको थियो। यो वर्ष भेडा तिब्बतको र च्याङग्रा नेपाली उत्पादन हुने पशु सेवा कार्यालयले जनाएको छ।

भेडाच्याङ्ग्रा खरिदका लागि धौलागिरिका सहित पोखरा र काठमाडौंबाट व्यापारीहरु सीमा क्षेत्र पुगेपनि उनीहरुले स्थानीय किसान तथा व्यापारीबाट खरिद गरी बजार ल्याउने हुन्।

उनीहरुले सिधै तिब्बती व्यापारीबाट भेडा किन्दैनन्। गत वर्ष बजारमा आएको सबै च्याङ्ग्रा नेपाली किसानले पालेकै च्याङग्राहरु हुन्। मुस्ताङको लोमान्थाङ, छोसेर, छोन्हुप, सुर्खाङ, चराङ, कागबेनी, झोङ र घमी लगायत क्षेत्रबाट च्याङग्रा बजारमा आउने छन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!