काजका कर्मचारीले संखुवासभामा स्वास्थ्य सेवा प्रभावित
संखुवासभा, ९ जेठ । जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी सरुवा गरिए पनि खटाएका स्थानमा जान अटेर गरेका छन् ।
सरुवा गरेको कर्मचारी जान अटेर गर्दै जिल्ला अस्पताल, खाँदबारीमा काजमा काम गर्दै आएका छन् । स्वास्थ्य विभागबाट डेढ वर्ष अघि नै सरुवा पत्र आएपनि उनीहरु खटाएका ठाउँमा गएका छैनन् । अहिले पनि स्वास्थ्य कार्यालयका छजना कर्मचारी सरुवा गरिएका स्थानमा नगएर जिल्ला अस्पतालमा काजमा काम गरिरहेका छन् ।
...






























