प्रदर्शनमा ह्रास आउने भन्दै खेलाडीलाई यौन सम्पर्क गर्न छुट
काठमाडौँ, ९ असार । सन् २०१० को विश्वकप फुटबल प्रतियोगितामा इंग्लिस टोलीका प्रशिक्षक कापेलोले प्रदर्शनमा ह्रास आउन सक्ने जनाउँदै खेलाडीलाई यौन सम्पर्क गर्न प्रतिबन्ध लगाएका थिए ।
अझ दक्षिण अफ्रिका भ्रमणका क्रममा खेलाडीले आफूसाथ श्रीमती वा प्रेमिका ल्याउन नपाउनेसमेत घोषणा कापेलोले गरेका थिए । उनको योजना खासै सफल भएन । इंग्ल्यान्ड विश्वकपबाटै बाहिरियो ।यो एउटा उदाहरण मात्र हो ।
विश्वकप आउँदा खेला...































