कपिल शोबाट अर्चना ‘इन्’, सिद्धू ‘आउट’

कपिल शोबाट अर्चना ‘इन्’, सिद्धू ‘आउट’

कमेडियन कपिल शर्माको 'द कपिल शर्मा शो' बाट नवजोत सिंह सिद्धू हटाइएका छन्। उनको ठाउँ अर्चना पूरन सिंहले लिएकी छन्। सोनी टिभीले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमार्फत् एक भिडियो पोस्ट गर्दै शोमा अर्चनाको स्वागत गरेको छ। भिडियोमा कपिलले अर्चनालाई कार्यक्रममा स्वागत गर्दै सिद्धू बस्दै आएको स्थानमा बसाएका छन्। भिडियोमा अर्चनालाई देखेर कपिलले सोध्छन्, 'तपाईं कसरी यहाँ आउनुभयो?' जवाफमा अर्चनाले भन्छिन्...
प्रहरी प्रधान कार्यालयबाटै औँठाछाप प्रमाणित

प्रहरी प्रधान कार्यालयबाटै औँठाछाप प्रमाणित

काठमाडौँ, ७ फागुन । विभिन्न प्रयोजनका लागि राजदूतावासले माग्ने औँठाछाप अब प्रहरी प्रधान कार्यालयबाटै प्रमाणित गर्न थालिएको छ । यसअघि केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला सामाखुसीबाट प्रमाणित हुँदै आएको औँठाछाप अब प्रहरी प्रधान कार्यालयबाटै प्रमाणित गर्न थालिएको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । अघिल्लो हप्ताबाट प्रमाणित गर्ने काम शुरु गरिएको उहाँले बताउन...
करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु

करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु

बैतडी, ७ फागुन । करेन्ट लागेर बैतडीमा आज बिहान एक विद्युत् कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका–६ का ५५ वर्षीय भानसिंह खत्री रहेको स्थानीय दिनेश विष्टले जानकारी दिनुभयो । बिहान पौने ८ बजे स्थानीय सुर्नयागाड जलविद्युत्को विद्युत्गृहमा फ्युज हाल्न गएका बेला करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्र बोगटीले बताउनुभयो । प्रहरीको टोली घटनास्थल प...
अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा

अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा

काठमाडौँ, ६ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व अनुसन्धान विभाग ललितपुरका तत्कालीन शाखा अधिकृत रामजी रिजालविरुद्ध अकूत सम्पत्ति कमाएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार शाखा अधिृकत रिजाल विभिन्न कार्यालयमा कार्यरत रहँदा पदीय दुरुपयोग गरी रु दुई करोड ९७ लाख ३८ हजार ३१० बराबरको सम्पत्तिको स्रोत खुलेको नपाइएकाले मुद्दा दायर गरिएको हो । आयोगले गैरकानूनी रुपमा स...
स्ववियु निर्वाचनका लागि ‘अनुगमन तथा समन्वय’ समिति

स्ववियु निर्वाचनका लागि ‘अनुगमन तथा समन्वय’ समिति

काठमाडौँ, ६ फागुन । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि शिक्षाध्यक्ष डा सुधा त्रिपाठीको संयोजकत्वमा ‘स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय’ समिति गठन गरेको छ । आज बसेको त्रिवि पदाधिकारीको बैठकले स्ववियु निर्वाचनका लागि त्रिपाठीको संयोजकत्वमा १६ सदस्यीय समिति गठन गरिएको त्रिविका रजिष्ट्रार डिल्लीप्रसाद उप्रेतिले जानकारी गराउनुभयो । उह...
लेखापरीक्षण र जीवनाशक विषादी व्यवस्थापन विधेयक पारित

लेखापरीक्षण र जीवनाशक विषादी व्यवस्थापन विधेयक पारित

काठमाडौँ, ६ फागुन । प्रतिनिधिसभाले लेखापरीक्षण विधेयक, २०७५ लाई पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा डा अर्थमन्त्री युवराज खतिवडाले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथिको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै डा खतिवडाले लेखा परीक्षण अन्तर्राष्ट्रिय मापदण्डअनुरुप होस् र जनताले तिरेको करको पूर्णरुपले सदुपयोग गर्न सकियोस् भन्ने उद्देश्यले विधेयक ल्याइएको बताउनुभयो । ...
शेयर बजार सात अङ्कले घट्यो

शेयर बजार सात अङ्कले घट्यो

काठमाडौँ, ६ फागुन । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । लगातार ओरालो लागेको बजार घटेर एघार सयको आसपासमा आइपुगेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक सात दशमलव २१ विन्दुले घटेर एक हजार १०२ दशमलव ५१ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत एक दशमलव आठ विन्दुले घटेर २३४ दशमलव ३६ विन्दुमा पुगेको छ । कूल १६१ कम्पनीको आठ...
कुखुरा मर्न थालेपछि कृषकलाई ठूलो क्षति

कुखुरा मर्न थालेपछि कृषकलाई ठूलो क्षति

चितवन, ६ फागुन । कुखुरामा लाग्ने एभिएन इन्फ्लूएञ्जा एच नाइनलो प्याथोजेनिक रोगको सङ्क्रमण महामारीको रुपमा बढेपछि कृषक प्रभावित बनेका छन् । रोगका कारण कुखुरा मर्ने र उत्पादन घट्ने हुँदा कृषक ठूलो मात्रामा नोक्सान व्यहोर्न बाध्य भएका हुन् । पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा दयाराम चापागार्इंका अनुसार मङ्सिरमा हेटौँडामा देखिन शुरु गरेको रोग पूर्वी चितवन हुँदै नवलपरासीसम्म फैलिएको छ । ...
प्रतिनिधिसभामा पाठक र पशुपति

प्रतिनिधिसभामा पाठक र पशुपति

काठमाडौँ, ६ फागुन । प्रतिनिधिसभा आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक आयुक्तको भ्रष्टाचार र एक लोकगायकको ‘लुट्न सके लुट’ बोलको गीतले चर्चा पाएको छ । भ्रष्टाचारमा मुछिएका आयुक्त राजनारायण पाठकले पदबाट राजीनामा गरेका सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन माग गर्नुभयो । उहाँहरुले संवैधानिक पदमा रहेर भ्रष्टाचार गर्ने व्यक्तिले पदबाट राजीनामा दिँदैमा छुट पाउन नहुनेमा पनि जोड दिनुुुुभयो । सांस...
शिक्षा र ऊर्जामन्त्रीलाई सांसदको प्रश्न

शिक्षा र ऊर्जामन्त्रीलाई सांसदको प्रश्न

काठमाडौँ, ६ फागुन । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई सम्बन्धित विषयमा प्रश्न सोध्नुभएको छ । बैठकमा सांसद डा डिला सङ्ग्रौलाले देशभरिका अधिकांश बालविकास केन्द्रमा भौतिक तथा शैक्षिक सामग्रीको अभाव छ, शिक्षकले तलब पाइरहेका छैनन् भन्दै यस्ता समस्या समाधान गर्न के कार्ययोजना छ ? भनी प्रश्न गर्न...
परिचयपत्र वितरणको खर्च आफ्नै स्रोतबाट गरिने

परिचयपत्र वितरणको खर्च आफ्नै स्रोतबाट गरिने

काठमाडौँ, ६ फागुन । सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि आवश्यकपर्ने रकम आफ्नै स्रोतबाट खर्च गर्ने भएको छ । यसका लागि रु सात अर्व ५२ करोड लाग्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । विस २०७५/०७६ को बजेट वक्तव्यमा ‘पाँचवर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने नीति अनुरुप अगामी वर्ष १५ जिल्लामा कार्यक्रम विस्तार गरिने छ’ भन्ने उल्लेख गरिएको छ । तर विभागले तीन वर...
विवाह भन्दा खर्चिलो व्रतबन्ध !

विवाह भन्दा खर्चिलो व्रतबन्ध !

गोदावरी, ६ फागुन । मौलिक रीतिथिति र संस्कृतिमा धनी मानिएको नेपाली समाजमा सकी नसकी त्यस्ता परम्परा धान्नै पर्ने मान्यता छ । सुन्दा अचम्म लाग्न सक्छ कि पहरी जातिमा विवाह भन्दा पनि व्रतबन्ध खर्चिलो हुने गर्छ । परम्परा धान्ने नाममा कतिपयलाई ऋण नै खोज्नुपर्ने अवस्थामा पुर्याउँछ । धेरैले घरखेत बन्धकीमा राखेर परम्परा धानेका हुन्छन् । गोदावरी नगरपालिका वडा नं ४ बडिखेलका ५५ वर्षीय नरबहादुर पहरीका नाति आ...
काश्मिरमा सात जना भारतीय सैनिकको मृत्यु

काश्मिरमा सात जना भारतीय सैनिकको मृत्यु

श्रीरीनगर, ६ फागुन । भारत अधिनस्थ काश्मिरमा पृथकतावादी विद्रोहीसँग भएको भीषण गोली हानाहानमा आइतबार कम्तीमा सात जना भारतीय सैनिकको मृत्यु भएको छ । काश्मिरको पुल्वामा चार दिनअघि पनि विद्रोहीको आत्मघाती आक्रमणबाट ४१ जना अर्धसैनिकको मृत्यु भएको थियो । गत बिहीबार भएको आत्मघाती आक्रमणको अनुसन्धान एवं आक्रमणकारीको खोजीमा निस्केका सैनिकमाथि विद्रोहीले आक्रमण गरेको बताइएको छ । भिडन्तका क्रममा एक सैनिक ...
जाजरकोट अस्पतालमा शुरु भयो शल्यक्रिया सेवा

जाजरकोट अस्पतालमा शुरु भयो शल्यक्रिया सेवा

जाजरकोट, ६ फागुन । जाजरकोट अस्पतालमा आकस्मिक प्रसूति शल्यक्रिया सेवा शुरु भएको छ । जिल्ला अस्पताल ५० श्याको भए पनि विशेषज्ञ चिकित्सकको अभावमा शल्यक्रिया जिल्ला बाहिर गरिँदै आएको थियो । अस्पतालमा डाक्टर महेश सिलवाल आएपछि शल्यक्रिया सेवा सुचारु गरिएको अस्पतालका प्रमुख डा राजेन्द्र लामाले जानकारी दिनुभयो । गतवर्ष कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट काजमा आएका चिकित्सकले केही सामान्य शल्...
खानेपानी अभावले गाउँ छोड्न बाध्य

खानेपानी अभावले गाउँ छोड्न बाध्य

दमौली, ६ फागुन । तनहुँको व्यास नगरपालिका–५ चुदरेका विष्णुमाया दर्लामीको जग्गा बाँझै छ । उहाँलाई आफ्नै जग्गामा तरकारीखेती गर्न मन नभएको होइन । तर पानीको अभावमा उहाँको चाहना पूरा हुनसकेको छैन । पिउने पानी जोहो गर्न नै कठिन रहेको बताउँदै उहाँले तरकारी खेतीका लागि पानीको जोहो गर्नु त झन् कठिन रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पिउनको लागि पानी छैन, तरकारी खेतीका लागि कहाँबाट पानी ल्याउनु ? जग्गाजम...
बालश्रमिक राख्नेलाई सरकारी सेवा सुविधा नदिने

बालश्रमिक राख्नेलाई सरकारी सेवा सुविधा नदिने

डोटी, ६ फागुन । दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले नगरक्षेत्रमा बसोबास गर्ने जोकसैले कुनै पनि बहानामा बालश्रमिक राखेलाई नगरपालिकाबाट प्रदान गरिने सरकारी सेवा सुविधा नदिने बताउनुभएको छ । बालश्रम निषेध गराउन नगरपालिकाको सामाजिक विकास समितिले आयोजना गरेको सरोकारवालासँगको अभिमुखीकरण तथा अन्तक्र्रिया कार्यक्रममा नगरप्रमुख मलासीले नगरपालिकामा बालश्रमिक राख्ने कुरा ‘फेसन’को रुपमा अगाडि बढिरह...
गाउँपालिकाद्वारा प्याराग्लाइडिङ परीक्षण उडान

गाउँपालिकाद्वारा प्याराग्लाइडिङ परीक्षण उडान

खलङ्गा, ६ फागुन । न्यूपारा वल्र्ड प्राइभेट लिमिटेड पोखरा, कर्णाली एरोडाइनामिक रिसर्च सेन्टर जुम्ला र तातोपानी गाउँपालिकाद्वारा जुम्लामा प्याराग्लाइडिङ परीक्षण उडान शुरु गरिएको छ । सम्भाव्यता स्थानका लागि परीक्षण उडान शुरु गरिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा जुम्लाका विभिन्न स्थानमा परीक्षण उडान गरी सम्भावित स्थान खोजी गर्न अनुमति दिएअनुसार जुम्लाको तातोपानी गाउँपालिकाले पर्यटन ...
निरुता, उत्तम र दीलिप ‘दर्पण छायाँ’ को सिक्वेल बनाउँदै

निरुता, उत्तम र दीलिप ‘दर्पण छायाँ’ को सिक्वेल बनाउँदै

साल २००१ मा प्रदर्शनमा आएको सुपरडुपर हिट फिल्म ‘दर्पण छायाँ’ का हरेक दृश्यले दुई दशकपछि पनि दर्शकको दिमागमा उस्तै राज गरिरहेको छ । अहिले पनि यो फिल्म हेरिरहँदा नहाँस्ने र नरुने सायदै नहोलान् । निरुता सिंह, उत्तम प्रधान र दीलिप रायमाझीको जोडी विर्सन त झन् कसले पो सक्छ होला र ! तीनै स्टार्सको करिअरका लागि यो फिल्म कोशेढुंगा साबित भएको थियो । निर्देशक तुलसी घिमिरेले दुई दशकपछि ‘दर्पण छायाँ’ को लोक...
विश्वकप क्वालिफायर : नेपालको लक्ष्य ग्लोबल क्वालिफायर

विश्वकप क्वालिफायर : नेपालको लक्ष्य ग्लोबल क्वालिफायर

काठमाडौँ, ६ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला एशिया क्वालिफायर छनोट खेल मङ्गलबारदेखि थाइल्याण्डमा शुरु हुँदैछ । प्रतियोगिता एशियाली राष्ट्रका लागि सन् २०२० मा हुने टी–२० विश्वकप र २०२१ मा हुने ५० ओभरको विश्वकपका लागि शुरुआती खुड्किलो हो । प्रतियोगितामा एशियाका सात राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । आयोजक थाइल्याण्डसँगै नेपाल, युएई, मलेशिया, चीन, हङकङ र कुवेतले राउण्ड रोबिन ...
काँग्रेसमा कोइराला परिवारको चहलपहल : विरासत फर्काउन यसरी गर्दैछन् शक्ति आर्जन

काँग्रेसमा कोइराला परिवारको चहलपहल : विरासत फर्काउन यसरी गर्दैछन् शक्ति आर्जन

नेपालको राजनीतिमा सँधै केन्द्रमा रहँदै आएको कोइराला परिवारले गुमेको विरासत पुनःस्थापित गर्न सक्रियता बढाएको छ । राजनीतिमा कोइराला परिवारको उपस्थिति र प्रभाव कमजोर देखिएको बेला विगतको विरासत पुनः स्थापित गर्न कांग्रेसका महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यद्वय डा. शेखर कोइराला र सुजाता कोइरालाले सक्रियता बढाएका हुन् । तत्कालिन पार्टी सभापति सुशील कोइरालाकोे निधनपछि ०७२ फागुन तेस्रो सात...
वेस्ट इन्डिजका बिस्फोटक ब्याट्सम्यान क्रिस गेलद्वारा सन्यासको घोषणा

वेस्ट इन्डिजका बिस्फोटक ब्याट्सम्यान क्रिस गेलद्वारा सन्यासको घोषणा

एजेन्सी । वेस्ट इन्डिजका बिस्फोटक ब्याट्सम्यान क्रिस गेलले एकदिवसीय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । गेलले आगामी मे ३० तारिखदेखि १४ जुलाई सम्म इङ्यान्डमा आयोजना हुने विश्वकप पछि एकदिवसीय क्रिकेटबाट सन्यास लिने घोषणा गरको हुन् । अलराउन्डर गेलको सन्यासको विषयमा वेस्ट इन्डिज क्रिकेट बोर्डले ट्वीट मार्फत सार्वजनिक गरेको हो । ३९ बर्षीय गेलले सन् १९९९ मा भारतविरुद्ध खेल्दै एकदिवसीय क्रिकेटमा ...
घडियाल गोहीको संरक्षणमा चुनौती

घडियाल गोहीको संरक्षणमा चुनौती

रत्ननगर, फागुन ६ ।  संसारमै दुर्लभ अवस्थामा रहेको घडियाल गोहीको संरक्षणमा चुनौती देखिएको छ । यसको संरक्षण गर्न चितवन राष्ट्रिय निकुञ्जले कसरामा ४० वर्षदेखि गोही प्रजनन केन्द्र स्थापना गरेको छ । निकुञ्जले प्रजनन केन्द्रमा गोही संरक्षण गर्दै आए पनि प्रकृतिमा छाडिएका गोहीको सङ्ख्यामा भने वृद्धि आउन सकेको छैन । निकुञ्जले वर्षेनी पाँच वर्ष उमेर पुगेका १५० वटाभन्दा बढी घडियालाई राप्ती, नारायणी तथा ब...
११ महिनामा ११५ किलोग्राम सुन बरामद

११ महिनामा ११५ किलोग्राम सुन बरामद

काठमाडौँ, ६ फागुन । नेपाल प्रहरीले पछिल्लो ११ महिनामा मात्रै विभिन्न स्थानबाट तस्करीको ११५ किलोग्राम तस्करीको सुन बरामद गरेको छ । केहि दिनअघि मात्रै कञ्चनपुरमा झण्डै २४ किलोग्राम सुन बरामद गरेको प्रहरीले त्यसअघि १० महिनामा विभिन्न स्थानबाट ९१ किलोग्राम सुन बरामद गरेको हो । यो अवधीमा सुन तस्करीमा संलग्न १३० जना पक्राउ समेत परेका छन् । तर पक्राउ पर्नेमा अधिकाशं भरिया वा विदेशबाट स्वदेश फर्किने का...
‘लुट्न सके लुट’: युट्युवबाट हट्यो , माइतीघरमा घन्कियो

‘लुट्न सके लुट’: युट्युवबाट हट्यो , माइतीघरमा घन्कियो

काठमाडौँ, ५ फागुन । चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट’ बोलको व्यङ्यात्म गीत अहिले युट्युवबाट हटाइएको छ । भ्रष्टाचारको विषयवस्तुमा आयोजित उक्त गीत विवादमा तानिएपछि निर्माण पक्षले अहिललाई यो युट्युवबाट हटाएको हो । गीतमा प्रयोग भएका शब्दले राज्यको उच्च ओहदासम्म तरङ पैदा गरेको थियो । काम केही नगरेको, ठूला–ठूला भाषण मात्र गरेको, स्वर्ग जस्तो देशमा ‘यमराजको शासन’ जस्ता शब्द गी...
घुस लिएको अभियोगमा पक्राउ

घुस लिएको अभियोगमा पक्राउ

काठमाडौँ, ५ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुर बेलौरी नगरपालिका कार्यालयका सब–इञ्जिनीयर हृदयराज बजगाईंलाई रु ६० हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । बेलौरी नगरपालिकमा कलभर्ट निर्माण कार्य सम्पन्न भइसकेको ठेक्काको अन्तिम बिल फर फारक गर्ने प्रयोजनका लागि इञ्जिनीयर बजगाईंले घुस माग्दै गरेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले आज कार्यालय परिसरबाटै पक्राउ गरेको हो । आरोपी बजग...
अमिताभ बच्चनले काश्मिर हमलामा मारिएका सेनाका परिवारलाई २.४५ करोड भारतीय रुपैयाँ आर्थिक सहयोग गर्ने

अमिताभ बच्चनले काश्मिर हमलामा मारिएका सेनाका परिवारलाई २.४५ करोड भारतीय रुपैयाँ आर्थिक सहयोग गर्ने

जम्मू काश्मिरको पुलवामा बिहीबार भएको आत्मघाती हमलामा मारिएका केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) का जवानका परिवारलाई अमिताभ बच्चनले आर्थिक सहयोग गर्ने भएका छन् । बच्चनले सीआरपीएफ जवानका परिवारलाई २.४५ करोड भारतीय रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका हुन् । अमिताभले मारिएका प्रत्येक सैनिक परिवारलाई पाँच–पाँच लाख भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् । गएको वर्ष अमिताभले देशको सुरक्षा...
पञ्जीकरण भएनन् यातायात व्यवसायी

पञ्जीकरण भएनन् यातायात व्यवसायी

काठमाडौँ, ५ फागुन । सरकारले यातायात क्षेत्रमा रहेको एकाधिकार (सिण्डिकेट) खारेज गरेको एक वर्ष पुग्नै लाग्दा ठूला यातायात व्यवसायी सङ्घअन्तर्गतका सार्वजनिक सवारी पञ्जीकरण भएका छैनन् । एक वर्र्षमा झण्डै १० हजार सार्वजनिक सवारी मात्रै यातायात व्यवस्था कार्यालयमा पञ्जीकरण भएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायका अनुसार झण्डै तीन हजार ५०० कम्पनीमार्फत यी सवारी...
जहाँ दाजुभाइको अंशका रुपमा गाउँनै बाँडिन्छ

जहाँ दाजुभाइको अंशका रुपमा गाउँनै बाँडिन्छ

सिरहा, ५ फागुन । दाजुभाइबीच अंशबन्डा गर्दा जग्गा, नगद, गहना, र जायजेथा बाँडफाँड गर्ने गरिन्छ । तर गाउँनै बाँडिएको सुन्दा अनौठो लाग्न सक्छ । ऐलानी जग्गामा बसोवास गर्दै आएका सिरहा लहान नगरपालिका–२३ गाढाका सुकुम्वासी दलित (डोम मेस्तर समुदाय ) उचित मरिकले छोरालाई अंश बन्डामा आफ्नो हिस्सामा रहेको गाउँनै बाँडेका छन् । बाँसजन्य सामग्रीको बेचबिखन र सुङ्गुर, बङ्गुरपालन गरी जीविकोपार्जन गर्दै आएका मरिकल...
बाबुआमा निर्दयी बन्दा दुई भाइको शौचालयमा बास

बाबुआमा निर्दयी बन्दा दुई भाइको शौचालयमा बास

गलेश्वर, ५ फागुन ।  नेपाली समाजमा आमालाई माया र ममताको खानी भनेर अत्यन्त आदरभावले हेर्ने गरिन्छ । बुबाले आफ्ना सन्ततिको कुलभो चिताउनै सक्दैन भन्ने मान्यता छ । ‘कुपुत्रो जायते क्वचिदपि कुमाता नभवति’ हिन्दूहरुको धार्मिक ग्रन्थ ‘दुर्गा सप्तशति’ मा छोरो अर्थात् सन्तानहरु निर्दयी हुन सक्लान् तर आमा कहिल्यै पनि कुमाता अर्थात् निर्दयी हुन सक्दिनन्’ भनेर आमाको महिमा गान गरिएको छ । तर, यसको ठीक विपरीत म्...
विश्वका घुम्नलायक उत्कृष्ट शहरमा काठमाडौँ

विश्वका घुम्नलायक उत्कृष्ट शहरमा काठमाडौँ

काठमाडौँ, ५ फागुन । नेपाल र नेपालीका लागि एउटा खुसीको खबर छ । विश्व प्रसिद्ध लोन्ली प्लानेटले विश्वका घुम्नलायक विश्वका उत्कृष्ट दश शहर मध्ये काठमाडौँको नाम समेत समेटेको छ । यसले नेपालमा पर्यटक भित्र्याउन सरकार र निजी क्षेत्रले गरिसकेको सार्थक प्रयत्नलाई समेत बल दिएको छ । पर्यटन प्रवद्र्धन, प्रचार प्रसारमा काम गर्दै आएको लोन्ली प्लानेटले सन् २०१९ का घुम्नलायक उत्कृष्ट दश शहरको सूचीमा काठमाडौँला...
प्रजातन्त्र दिवस भव्यताका साथ मनाइँदै

प्रजातन्त्र दिवस भव्यताका साथ मनाइँदै

काठमाडौँ, ५ फागुन । आगामी ६९ औँ प्रजातन्त्र दिवस भोलिदेखि तीनदिनसम्म भव्यताका साथ मनाइँदैछ । यसै अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर सञ्चालनमा रहेका सरकारी तथा निजी छापामाध्यम, एफएम रेडियो, टेलिभिजनलगायत अन्य सञ्चारमाध्यमहरूलाई प्रजातन्त्र दिवसको विषयलाई उच्च प्राथमिकता दिई समाचार प्रसारण, बुलेटिन, परिसम्बाद, अन्तरक्रिया आदि कार्यक्रम सञ्चालन गर्न आह्वान गरेको हो । प्रजातन्त्र दिव...
error: Content is protected !!