रासस

सुर्खेत । प्रहरीले २१ वर्षअघि सुर्खेत जिल्ला कारागारबाट सुरूङ खनेर फरार भएका प्रतिवादीलाई पक्राउ गरेको छ।सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सुर्खेतको बराहताल गाउँपालिका–८ का ४७ वर्षीय भक्तबहादुर शाहीलाई प्रहरीले आज पक्राउ गरेको हो।

Advertisement

जिल्ला प्रहरी कार्यालयले फरार प्रतिवादी शाहीलाई अदालत उपस्थित गराइसकेको जनाएको छ। हरीका अनुसार वि.सं २०५२ चैत २ गते जिल्ला अदालतको फैसला बमोजिम जन्मकैद सजायमा कारागारमा रहेका शाही २०५८ माघ २ गते सुरूङ खनेर फरार भएका थिए।

विशेष सुराकीका आधारमा प्रदेश प्रहरी ब्युरो र प्रहरी चौकी बड्डीचौरबाट खटिएको प्रहरी टोलीले बराहताल गाउँपालिकास्थित भट्टेघारीबाट शाहीलाई पक्राउ गर्न सफल भएको हो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!