काठमाडौँ । नेपालले संयुक्त राष्ट्रसंघीय उच्चस्तरीय राजनीतिक मञ्चमा दिगो विकासका कार्यसूची कार्यान्वयनबारे स्वेच्छिक राष्ट्रिय समीक्षा प्रस्तुत गरेको छ ।

राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्को तत्वावधानमा न्यूयोर्कमा जारी उक्त मञ्चको मन्त्रिस्तरीय बैठकमा नेपाली प्रतिनिधिमण्डलका नेता तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले आज उक्त समीक्षा प्रस्तुत गर्नुभएको हो ।

Advertisement

चालु आवमा नेपालले सात प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान सुनाउँदै उहाँले त्यसले नेपालको विकासको शुरुआत गर्ने बताउनुभएको न्यूयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ ।

दिगो विकासका लक्ष्य हासिल गर्न नेपालको संविधान मार्गदर्शक भएको बताउँदै उहाँले त्यसका लागि राष्ट्रिय, क्षेत्रीय र अन्तरराष्ट्रिय तहका बहुसाझेदारबीचको सुदृढ सहकार्यमा जोड दिनुभयो ।

नेपालले दिगो विकासका लक्ष्यलाई राष्ट्रिय कार्यक्रम र योजनामा समाहित गरी तदनुरुप कार्यसम्पादन गर्दै आएको जानकारी पनि उहाँले दिनुभयो ।

उक्त नियोगका अनुसार सहस्राब्दी विकास लक्ष्यअन्तर्गतका पूरा हुन नसकेका विषयलाई शीघ्र पूर्ण गर्ने र दिगो विकासका लक्ष्य हासिल गर्ने प्रयासमा नेपाल लाग्ने प्रतिबद्धता व्यक्त गर्दै उपाध्यक्ष श्रेष्ठले बैठकमा प्रस्तुत जिज्ञासाको जवाफसमेत दिनुभएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!