नवलपरासी। नवलपरासीका जिल्लाका विभिन्न खोलाबाट अवैधरुपमा नदीजन्य वस्तु ९ढुंगा गिट्टी र बालुवा० को चोरी बढेको छ ।

जिल्लाको गैँडाकोटदेखि सुनवलसम्मका करिब १५ बढी खोलामा नदीजन्य पदार्थको चोरी अत्याधिक रुपमा बढेको स्थानीयले बताएका छन् । त्यसमा सबैभन्दा बढी सुनवल नगरपालिका क्षेत्रका तुरिया र भूमही खो डेढमहिना अघिदेखि खोलाको ठेक्का समाप्त भएसँगै खोलामा चोरी निकासी बढेको हो ।

Advertisement

नदीजन्य वस्तुको दोहन नियन्त्रण गर्न सुनवल इलाका प्रहरी कार्यालयमा खबर गरे पनि वास्ता नगरेकाले स्थानीय वन कर्मचारी र प्रहरीको मिलोमतो भएको स्थानीयले बताएका छन् ।

रातको समयमा खोलामा जाने ट्र्याक्टरका कारण सुत्नसमेत नसकेको स्थानीयलको गुनासो छ । राति ८ बजेदेखि बिहान ३ बजेसम्म करिब ४० देखि ५० ट्र्याक्टरले तुरिया खोलाबाट नदीजन्य पदार्थ ओसार्ने गरेका छन् ।

प्रहरीकै मिलोमतोमा उक्त कार्य बढेको भन्दै जिल्लाबाट टोली खटाएर नियन्त्रण गर्न स्थानीयले माग गरेका छन् । खोलामा ठेक्का सकिएसँगै चोरी बढेको सुनवल इलाका प्रहरी कार्यालयका निरीक्षक जेसी शाहले बताउनुभयो ।

नदीजन्य पदार्थ चोरी नियन्त्रणमा आफूहरुको मात्र नभई जिल्ला समन्वय समिति र वन कार्यालयको पनि भएकाले प्रहरीले मात्र त्यस विषयमा धेरै चासो नराख्ने बताउनुभयो ।

“जनशक्ति पनि कम छ । कतिसम्म प्रहरी खोला खोला पुग्ने रु चोरी नियन्त्रण प्रहरीले मात्र गर्ने नभई सरोकारवाला वन कार्यालय र जिल्ला समन्वय समितिले पनि गर्नुपर्छ ।” उहाँले भन्नुभयो । खोलामा चोरीसँगै वर्षायाममा कटानको समस्या पनि बढेको छ ।

सुनवलमा चोरी भएका कारण तल्लो क्षेत्रमा रहेका वस्ती डुबान र कटानको समस्या बढेको गुनासो आएकाले विशेष टोली पठाएर नियन्त्रणका लागि पहल जिल्ला प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताउनुभयो ।

यता नवलपरासीका खोलामा पनि नदीजन्य पदार्थ निकासीका लागि ठेक्का नलागे पनि दक्षिणी क्षेत्रका नदीमा धमाधम नदीजन्य पदार्थ निकासी भइरहेको छ ।

देउरवां, देवगाँव, सरावलस्थित बडसार, रमपुरंवालगायतका ठाउँको झरही नदीबाट अवैधरुपमा नदीजन्य पदार्थ तस्करी भइरहेको स्थानीयले बताएका छन् ।

बालुवा तस्करीबारे जिल्ला समन्वय समिति र जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराए पनि त्यहाँबाट बेवास्ता हुँदा बालुवा चोरी निकासी हुने गरेको स्थानीयको आरोप छ । सो ठाउँबाट दैनिकजसो दर्जनौँ ट्र्याक्टर र टायर खोलामा पसेर बालुवा झिक्दै आएका छन् ।

तस्करीबारे प्रहरीलाई जानकारी गराउँदा प्रहरी ढिलो आउने गरेकाले तस्कर नियन्त्रणमा आउन सकेका छैनन् ।

यस्तै झरही नदी आसपासका रहेका विभिन्न गाउँका केही युवाले बालुवा चोरी निकासी नियन्त्रण गर्नुभन्दा विभिन्न संघसंस्थाका नाममा रसिद बनाएर अवैधरुपमा पैसासमेत उठाउने गरेको पाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!