चितवन, २० साउन। मतपत्र च्यातिएपछि स्थगित भएको चितवनको भरतपुर महानगरपालिका–१९ मा आज मतदान भईरहेको छ । सो वडाका तीन मतदानस्थलका ६ वटा मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।

मतदान साँझ ५ बजेसम्म चल्ने भए पनि बिहानैदेखि मत हाल्न मतदाताहरु लाइनमा लागेका छन् ।

Advertisement

पहिलो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत गत वैशाख ३१ गते निर्वाचन भएको भरतपुर महानगरपालिकाको १९ नम्बर वडाको मतपत्र च्यातिएपछि विवाद भएको थियो ।

निर्वाचन आयोगले यहाँ पुनः मतदान गर्न निर्णय गरेसँगै सर्वोच्च अदालतमा मुद्दा परेको थियो । सर्वोच्चले आयोगको निर्णय सदर गर्दै फैसला गरेपछि यहाँ आज पुनः निर्वाचन हुन लागेको हो ।

कूल ३ हजार ७ सय ९७ मतदाताले ३ मतदानस्थलका ६ वटा मतदान केन्द्रबाट आज मतदान गर्दैै छन् ।

मतदानलाई सफल पार्न मतदान अधिकृतसहित ३६ कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

भरतपुर महानगरपालिकामा माओवादी–कांग्रेस गठबन्धनबाट रेणु दाहाल मेयरकी उम्मेदवार छिन् भने एमालेले देवी ज्ञवालीलाई अघि सारेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!