दाङ । दाङको देउखुरीमा एक महिलाको शव फेला परेको छ। राप्ती गाउँपालिका-१ मा रहेको राप्ती नदीस्थित प्रगन्ना सिँचाइ आयोजनाको बाँधमा अड्किएको अवस्थामा सोमबार शव भेटिएको इलाका प्रहरी कार्यालय भालुवाङले बताएको छ। महिलाको अहिलेसम्म पहिचान हुन सकेको छैन।

अन्दाजी २५ देखि ३० वर्ष उमेरको पाँच फिट एक इञ्च उचाई भएकी महिलाको बायाँ हातको माझी औँलामा पहेँलो औँठी, साइँली औँलामा फलामको औँठी, नाकमा फूली, दाहिने खुट्टामा मोसो भएको, बायाँ हातमा पालिस लगाएको देखिन्छ।

साथै, दाहिने हातमा यमाकला लेखी खोपेको, मंगोलियन समुदायको जस्तो देखिने महिलाको हुलिया भएकाले चिन्नुहुने व्यक्तिले सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!