संगालोखबर संवाददाता

काठमाडौं, २५ पुस । बिभागीय टोली सशस्त्र प्रहरीको एपीएफ राखेप च्याम्पियनसिप अन्तर्गत १६औं राष्ट्रिय महिला फुटबलको उपाधि नजिक पुगेको छ । सुपरलिगको आफ्नो दोस्रो खेलमा मंगलबार त्रिभुवन आर्मीलाई पराजित गरेपछि एपीएफको ६ अंक भएको छ भने नेपाल पुलिस र त्रिभुवन आर्मीको समान ३/३ अंक छ । लिगमा २ हार ब्यहोरेको सुदूरपश्चिमले खाता खोलेको छैन ।

Advertisement

सुपरलिगको अन्तिम चरणमा एपीएफले नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ । उपाधि जित्न एपीएफले त्यस खेल बराबरी खेले पुग्छ । मंगलबार भएको खेलमा एपीएफले त्रिभुवन आर्मीलाई २-१ ले पराजित गर्‍यो । खेलको १७औं मिनेटमा कृष्णा खत्रीको गोलमार्फत एपीएफले अप्रत्यासित अग्रता लिएको थियो । एपीएफका गोलरक्षक अञ्जली तुम्बाहाम्फो सुब्बाको गल्तीका कारण आर्मीले अग्रता लिएको थियो ।

पहिलो हाफमा पछि परे पनि दोस्रो हाफमा एपीएफ खेलमा फर्कियो । ५०औं मिनेटमा एपीएफकी अनिता केसीले गोल गरी खेल बराबरीमा ल्याइन् । खेलमा नियमित समय सकिनु ७ मिनेटअघि अनिता बस्नेतले एपीएफका लागि विजयी गोल गरिन् । आर्मीकी गोलकिपर लिला लाम्घाडे बीट भइसकेको अवस्थामा आर्मीका तीन डिफेण्डरलाई छक्याउँदै बस्नेतले सुन्दर गोल गरेकी थिइन् ।

आजै भएको पहिलो खेलमा नेपाल पुलिसले सुदूरपश्चिमबिरुद्ध १-० गोलको जित हासिल गर्‍यो । पुलिसको जितमा खेलको ३१औं मिनेटमा रुपा मगरले गरेको गोल निणर्ायक बन्योसुपरलिगका अन्तिम चरणका खेलहरु बिहीबार हुनेछन् । जहाँ त्रिभुवन आर्मीले सुदूरपश्चिम र एपीएफले नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement