
कपिलवस्तु, ३० पुस । कपिलबस्तुमा मानव कङकाल फेला परेको छ ।
शिवराज नगरपालिका–५ खानेपानी कार्यालय नजिक झाँडीमा पुरुषको कङ्काल फेला परेको हो । वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक झविन्द्र प्रसाद भट्टराईका अनुसार स्थानीयले शनिबार दिउँसो मानव कङ्काल देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
स्थानीयकोेखवरपछि पुगेको प्रहरी टोलीले अनुसन्धान गर्दा बेबारीसे पुरुषको कङ्काल भएको पुष्टि भएको हो ।
कङ्काल नजिकै पुरुषको कपडा पनि भेटिएको प्रहरीले जनाएको छ ।
कङ्कालको कसको भन्ने पहिचान खुल्न नसकेको र डिएनए परिक्षणका लागि बहादुरगंज अस्पताल पठाइएको छ ।















