रासस

इलाम, ३० पुस । इलाममा करेन्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ ।

Advertisement

करेन्ट लागेर इलाम नगरपालिका– ८ का २३ वर्षीय बेदप्रसाद तामाङको मृत्यु भएको हो ।  आफ्नै घर बनाउने क्रममा बांगिएको रड सिधा पार्ने क्रममा मेन लाइनमा रडले छोएपछि तामाङलाई करेन्ट लागेको इलाम प्रहरीको भनाइ छ ।

करेन्ट लागेका तामाङलाई उपचारका लागि इलाम अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!