पश्चिम सेती आयोजना अन्योलमा

पश्चिम सेती आयोजना अन्योलमा

काठमाडौं, २८ पुस । विभिन्न बहानाबाजी देखाएर अत्तो थाप्दै आएको चाइना थ्री गर्जेज इन्टरनेसनल (सीटीजीआई) ले निर्माणसम्बन्धी ‘कार्ययोजना पठाइरहनुको अर्थ छैन’ भन्दै सरकारलाई पत्राचार गरेपछि जलाशययुक्त पश्चिम सेती (७५० मेगावाट) को भविष्य अन्योलमा परेको छ। ‘आयोजना निर्माणसम्बन्धी कार्य योजना’ पठाउनुको कुनै तुक नरहेको भन्दै सीटीजीआईले पश्चिम सेती समन्वय गरिरहेको लगानी बोर्डलाई अघिल्लो साता पत्राचार गरेप...
कर्मचारी स्वेच्छिक अवकाशको प्याकेज घोषणा हुँदै

कर्मचारी स्वेच्छिक अवकाशको प्याकेज घोषणा हुँदै

काठमाडौं, २८ पुस। सरकारले स्वेच्छिक अवकाशमा जाने कर्मचारीलाई लक्षित गरी शुक्रबार राजपत्रमा सूचना प्रकाशित गर्ने तयारी गरेको छ । समायोजनमा जानुअघि निजामती कर्मचारीलाई स्वेच्छिक अवकाशमा जाने अवसर दिने समायोजन ऐनको व्यवस्थाअनुसार सरकारले सूचना प्रकाशित गर्ने तयारी गरेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । आजको नयाँ पत्रिकामा खबर छ । मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले शुक्रबार मन्त्रिपरिषद् ...
संघीय संसद् सञ्चालनको खाका कोर्दै सचिवालय

संघीय संसद् सञ्चालनको खाका कोर्दै सचिवालय

काठमाडौं, २८ पुस। संघीय संसद् सञ्चालनका लागि नियमावली निर्माण प्रक्रिया अघि बढेको छ । राष्ट्रिय सभा र प्रतिनिधिसभा गरी दुई सदनात्मक संघीय संसद् सञ्चालन गर्न तीनवटा नियमावली आवश्यक पर्ने निष्कर्ष संसद् सचिवालयले निकालेको छ । विगतको अभ्यासअनुसार पनि प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै कार्यसञ्चालन नियमावली आवश्यक पर्ने, तल्लो र माथिल्लो सदनको संयुक्त बैठक सञ्चालन गर्न अर्को नियमावली बनाउनु...
महिला फुटबल लिगको उपाधि एपिएफलाई

महिला फुटबल लिगको उपाधि एपिएफलाई

काठमाडौँ , २७ पुस । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत सोह्रौँ राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ । एपिएफको जीतमा सावित्रा भण्डारीले दुई गोल गरिन् । सावित्रीले १७ औँ र ७५ औँ मिनेटमा दुई तथा सरु लिम्बूले १९ औँ मिनेटमा एक गोल गरे । चौँतीसौँ मिनेटमा पुलिसकी नीरु थापाले गोल गरेकी थिइन् । सुपर लिगमा सबै तीन खेल जित्दै एपिएफ ९ अंक जोड...
आफ्नै मालिक हानेर घाइते बनाउने राँगामाथि गोली प्रहार

आफ्नै मालिक हानेर घाइते बनाउने राँगामाथि गोली प्रहार

पोखरा, २७ पुस । कास्कीको मादी गाउँपालिका–११ सैमराङमा आफैँले पालेको राँगाले हान्दा आज सोही ठाउँका ४९ वर्षीय भीमबहादुर काफ्ले गम्भीर घाइते भएका छन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । उक्त राँगालाई एक राउण्ड गोली प्रहार गरी मारिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न परिषद्लाई आग्रह

नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न परिषद्लाई आग्रह

काठमाडौँ, २७ पुस । संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा दुर्गाबहादुर थापाले नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा लगानी बढाउन विश्व ऊर्जा परिषद्लाई आग्रह गरेको छ ।  परिषद्का लागि स्थायी प्रतिनिधिसमेत रहेका डा. थापाले सो परिषद्का महासचिव क्रिस्टोफ फ्रेइसँग बुधबार लण्डनमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्दै सो आग्रह गरेको हो । शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुगेको र मुलुकका राजनीतिक स्...
२४ लाखको लागतमा विद्यालय निमार्ण गरी समुदायलाई हस्तान्तरण

२४ लाखको लागतमा विद्यालय निमार्ण गरी समुदायलाई हस्तान्तरण

लमजुङ, २७ पुस । पूर्वि लमजुङको दुधपोखरा गाउँपालिका वडा नम्बर ४ स्थित ईलम पोखरीको मुगोमा निमार्ण गरिएको चम्पावती प्राथमिक विद्यालय विहिबार एक कार्यक्रमका बीच समुदायलाई हस्तान्तरण गरिएको छ । एडेट एक्सन र वेल्ड फाउन्डेशनको  आर्थिक तथा प्राविधिक सहयोगमा दलित सेवा संघ लमजुङद्धारा उक्त विद्यालय निमार्ण गरिएको हो । २४ लाखको लागतमा सिद्धिविनायक निमार्ण सेवाले निमार्ण गरेको उक्त विद्यालय प्रदेश नम्बर ४ ...
पोखरामा महिन्द्राको मोजो ३०० बाइक सार्वजनिक

पोखरामा महिन्द्राको मोजो ३०० बाइक सार्वजनिक

पोखरा,२७ पुस । महिन्द्रा ग्रुप अन्तर्गतको महिन्द्रा टु  ह्वीलर्सका आधिकारीक वितरक अग्नि ग्रुप अन्तर्गत अग्नि मोटो इन्कले वहु प्रतिक्षित मोजो बाइक हालै पोखरामा आफ्नो आधिकारीक विक्रेता एसियन अटो मोबाइलस् मार्फत विक्री प्रारम्भ गरेको छ । यस बाइकलाई सफल राष्ट्रिय औद्योगिक व्यापार मेला सुभारम्भ गरिएको छ । यस मेला अवधिभर खरिद गर्नुहुने प्रथम केही ग्राहक हरुलाई अग्निमोटो इन्कले अफिसियल मोजो ज्याकेट प्...
आठ घण्टाभन्दा कम सुत्नेलाई यस्तो खतरा !

आठ घण्टाभन्दा कम सुत्नेलाई यस्तो खतरा !

दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशाको समस्या देखिएको एक अध्ययनले देखाएको छ ।अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले हालै गरेको एक अध्ययनले सो तथ्य पत्ता लागेको जनाएको थियो । सुत्ने समयावधि र मानसिक अवस्था बीचको सम्बन्धको तुलनात्मक अध्ययन गर्दा कम सुत्नेमा बढी मानसिक समस्या र चिन्ता देखिएको सो अध्ययनमा पत्ता लागेको हो ।विश्वविद्यालयले अध्ययनपछि सा...
राष्ट्रिय परिचय–पत्र वितरण तयारी अन्तिम चरणमा

राष्ट्रिय परिचय–पत्र वितरण तयारी अन्तिम चरणमा

पाँचथर, २७ पुस । लामो समयदेखि चर्चामा रहेको राष्ट्रिय परिचय पत्र वितरणको तयारी तिव्र बनाइएको छ । पूर्वको पाँचथर जिल्लाबाट परिचयपत्र वितरण गर्नका लागि गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयत्रप व्यवस्थापन केन्द्रले तयारी तिव्र बनाएको हो । सरकारले  पूर्वको पाँचथर र सिंहदरवारका कर्मचारीहरुबाट सुरु गर्ने अनुरुप वितरणका लागि प्रचारात्मक कार्यक्रम अघि बढाइएको छ । केहि दिन देखि विवरण संकलनका लाग...
ढालिएको विजयपुर स्मारक उठ्यो

ढालिएको विजयपुर स्मारक उठ्यो

धरान, २७ पुस । पूर्वको ऐतिहासिक स्थलका रूपमा रहेको विजयपुरमा विजयपुर स्मारक अनावरण गरिएको छ । पाँच वर्षअगाडि तोडफोड गरिएको स्मारकको मर्मतपश्चात पुनः अनावरण गरिएको हो । लिम्बु विद्यार्थी मञ्चको अगुवाईमा स्थापना गरिएको स्मारक क्षतविक्षत भएपछि अलपत्र अवस्थामा रहेको थियो । बिहीबार एक कार्यक्रमका बीच स्तम्भको पुनः अनावरण गर्दै नेपाल आदिवासी जनजाति महासङ्घ धरानका अध्यक्ष सुवासचन्द्र हुक्पा चोङवाङले भन...
मेचीनगरमा एक अर्ब ३२ लाखको बजेट पारित

मेचीनगरमा एक अर्ब ३२ लाखको बजेट पारित

काँकडभिट्टा, २७ पुस । मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७४/०७५ का लागि रु एक अर्ब ३२ लाखको बजेट विनियोजन गरेको छ ।  नगरपालिकाको आयोजित प्रथम नगरसभाबाट सो बजेट पारित भएको हो । नगरसभाको बैठकमा उपप्रमुख मीना उप्रेतीले सो बजेट प्रस्तुत गरेका थिए । बजेटमा आयतर्फ आन्तरिक स्रोतबाट रु चार करोड ५६ लाख २७ हजार ३१६, बाह्य स्रोतबाट रु ९३ करोड ६८ लाख ६० हजार ७४० र अन्य स्रोतबाट रु दुई करोड सात लाख...
क्यालिफोर्नीयामा पृथ्वी जयन्ती

क्यालिफोर्नीयामा पृथ्वी जयन्ती

न्यूयोर्क, २७ पुस । अमेरिकाको क्यालिफोर्नीयामा राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाइएको छ । लामो समयदेखि उक्त बर्क्ली क्षेत्रमा बसोबास गर्ने समाजसेवी बुद्धिजिवी तथा समाजका अगुवाहरुले २ सय ९६ औं पृथ्वी दिवस मनाएका हुन् । एकता दिवसको दिन बिहीबार बुद्धिजिवीहरुले पृथ्वीनारायण शाहको एकीकरण तथा एकताको बारेमा बोलेका थिए । साथै सबैजसो वक्ताहरुले आफू बसेको ठाउँमा एकता देखाउँदै सामुदायिक भबनको चाडै ...
पाथीभरा बहुमुखी क्याम्पसको स्तरोन्नतिका लागि महायज्ञ

पाथीभरा बहुमुखी क्याम्पसको स्तरोन्नतिका लागि महायज्ञ

ताप्लेजुङ, २७ पुस । ताप्लेजुङमा रहेको पाथीभरा बहुमुखी क्याम्पसको स्तरोन्नतिका लागि सहयोग संकलन गर्न श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिने भएको छ । स्नातकोत्तर तहको सम्बन्धन लिई पठनपाठन सञ्चालन गर्न र क्याम्पसको भौतिक पूर्वाधारको विकासका लागि आवश्यक आर्थिक रकम जुटाउन महायज्ञ आयोजना गर्न लागिएको क्याम्पसले जनाएको छ । ख्यातिप्राप्त विद्वान एवं प्राज्ञको वाचकत्वमा क्याम्पस परिसरमा सञ्चालन...
विपन्न तथा मुसहर समुदायलाई न्यानो कपडा वितरण

विपन्न तथा मुसहर समुदायलाई न्यानो कपडा वितरण

उदयपुर, २७ पुस । उदयपुरमा अत्याधिक जाडोले कठयाङग्रीका विपन्न तथा गरिब परिवारलाई विपत व्यवस्थापन कोषबाट न्यानो कपडा बितरण गरीएको छ । त्रियुगा नगरपालिको वडा नम्बर २ जोगिदहले वडास्तरीय कार्यक्रमबाट विपन्न तथा गरिब ५० घर परिवारलाई ब्याङकेट वितरण गरेको हाे । शितलहर बढेसंगै अति बिपन्न मुसहर समुदायलाई न्यानो कपडा वितरण गरिएको त्रियुगा नगरपालिका–२ का वडाध्यक्ष घमानसिंह खत्री (ध्रुव)ले बताए । केही दिन य...
तथ्यांक नहुँदा पुल मर्मतमा समस्या

तथ्यांक नहुँदा पुल मर्मतमा समस्या

काठमाडौँ, २७ पुस । विभिन्न विदेशी कम्पनीले निर्माण गरेका नेपालका साना ठूला गरी एक हजार २०० भन्दा बढी पुलको तथ्यांक नै नरहेको पाइएको छ ।  पूर्व पश्चिम राजमार्ग, सिद्धार्थ राजमार्ग र अरनिको राजमार्ग लगायतका राजमार्गमा विदेशी प्राविधिक र निर्माण व्यवासायीले निर्माण गरेका पुलको विवरण पाउन नसक्दा मर्मत–सम्भारमा समस्या पैदा भएको हो । तत्कालीन सोभियत संघको सहयोगमा निर्माण भएको पूर्व पश्चिम राजमार्गको ...
पोखरामा राष्ट्रिय औद्योगिक मेला सुरु

पोखरामा राष्ट्रिय औद्योगिक मेला सुरु

पोखरा, २७ पुस ।आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयातमुखी अर्थतन्त्रलाई विस्थापन गर्न स्वदेशी उत्पादनको बृद्धि गर्नुपर्ने बताएका छन् । बिहीबार कास्की उद्योग वाणिज्य संघको आयोजनामा पोखरामा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७४ लाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका  ढकालले उक्त कुरा बताएका हुन् । ४ नम्बर प्रदेश श्रोत र साधनले सम्पन्न रहेको उल्लेख गर्दै...
सकियो वार्षिक खेलकुद प्रतियोगिता

सकियो वार्षिक खेलकुद प्रतियोगिता

भद्रपुर, २७ पुस । ‘अनुशासनका लागि खेल, व्यावहारिक शिक्षाका लागि प्रयोगात्मक ज्ञान’ नाराका साथ भद्रपुर नगरपालिका– ३ मा वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएको छ ।  मुनाल एकेडेमीले सञ्चालन गरेको तीन दिवसीय वार्षिक खेलकुद कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद उप्रेतीको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । अतिरिक्त ज्ञान र...
गाईपालनबाट मासिक एक लाख आम्दानी

गाईपालनबाट मासिक एक लाख आम्दानी

पाल्पा, २७ पुस । तानसेन नगरपालिकाको बौघापोखराथोक चिनारीका एक युवाले विदेशबाट फर्केर व्यावसायिक रुपमा गाईपालन गर्न थालेका छन् ।  गाईपालनबाट यहाँका रनबहादुर रेश्मीले मासिक रु एक लाखसम्म आम्दानी गर्दै आएका छन् । रेश्मीले अहिले गोठमा ३२ ओटा गाई पालेका छन् । अन्य पेशा व्यवसायभन्दा सजिलो र दैनिक आम्दानी लिन सकिने भएपछि उनी गाईपालन व्यवसायमा सक्रिय रहेका  छन् । वैदेशिक रोजगारबाट फर्केर उनले तीनओटा गा...
इलाममा भाइले गरे दाजुको हत्या

इलाममा भाइले गरे दाजुको हत्या

मंगलबारे, २७ पुस । इलामको देउमाई नगरपालिकामा भाइले दाजुको हत्या गरेका छन् ।  देउमाई नगरपालिका–४ मंगलबारेका डिल्ली बाँस्तोलाले आफ्नै सहोदर दाजु गंगा बाँस्तोलाको आज दिउँसो हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । सामान्य भनाभनपछि डिल्लीले गंगालाई करिब १ बजेतिर दाउराले हानेर हत्या गरेको बताइएको छ । मादकपदार्थ सेवन गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको भए पनि थप...
राजस्थानी ऊँट महोत्सवको आकर्षण

राजस्थानी ऊँट महोत्सवको आकर्षण

बागलुङ, २७ पुस । ‘माया जहिले रिसाउनी’ गीतको लयमा ऊँटले खुट्टा र शरीरको चाल मिलाएपछि सबै दङ्ग देखिन्थे । जीवनमा कहिल्यै ऊँटै नदेखेका त झन् ‘उँटको नाच’ हेरेर आश्चर्यमा परे ।  भारतको राजस्थानदेखि दुई हजार ५ सय ५५ किमी यात्रा तय गरेर यहाँ ल्याइएको ऊँट हेर्ने मौका सजिलै मिलेको भने होइन । मरुभूमिमा पाइने ऊँटलाई चिसो हावापानीयुक्त पहाडी भूमिमा देखाउने आँट बागलुङ उद्योग वाणिज्य संघले गरेको हो । ‘सोनु’ ...
नवलपरासीमा बाघ गणना गरिने

नवलपरासीमा बाघ गणना गरिने

नवलपरासी, २७ पुस । नवलपरासी, चितवन र पर्साको सामुदायिक वनमा बाघ गणना हुने भएको छ । सामुदायिक वनमा पहिलोपटक क्यामेरा ट्रयापिङ्ग प्रविधीको माध्यमबाट बाघको गणना गरिने भएको हो  । यसअघि चितवन निकुनजमा मात्र बाघ गणना गरिने गरेपनि बाघको संख्या एकिन गर्न निकुन्ज आसपासको वनमा समेत पहिलोपटक गणना गरिन लागेको हो । चितवन निकुन्जसंज जोडिएका जंगल बाघको राम्रो बासस्थान मानिन्छ । राष्ट्रिय प्रकृती संरक्षण कोष...
फोरम नेता यादवद्वारा १५ करोडको १० कट्ठा जग्गा दान

फोरम नेता यादवद्वारा १५ करोडको १० कट्ठा जग्गा दान

सप्तरी, २७ पुस । संघीय समाजवादी फोरम नेपालका नेता अनिरुद्ध सिंह यादवले आफ्नो दश कट्ठा निजी जग्गा सरकारलाई दान गरेका छन् । सप्तरीको बोदेबरसाइन नगरपालिकाको भवन निर्माणका लागि सो जग्गा फोरम नेता यादवले दान गरेका हुन् । करिब १५ करोड मूल्य बराबरको सो जग्गामा नगर भवन निर्माण गरिने बोदेबरसाइन नगरपालिकाका प्रमुख अतेशसिंह यादवले जानकारी दिए । भर्खरै सम्पन्न भएको प्रथम नगर सभाको भेलामा नेता यादवले नगर भव...
विज्ञापन कम्पनीहरु मर्यादित र प्रतिस्पर्धी बन्नुपर्छः सञ्चारमन्त्री

विज्ञापन कम्पनीहरु मर्यादित र प्रतिस्पर्धी बन्नुपर्छः सञ्चारमन्त्री

काठमाडौँ, २७ पुस । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले विज्ञापन कम्पनी मर्यादित र प्रतिस्पर्धी बन्नुपर्ने बताएका छन् ।  नेपाल विज्ञापन संघको १८ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै मन्त्री बस्नेतले विज्ञापन कम्पनी मर्यादित व्यवसायीका रुपमा अगाडि बढ्नुपर्ने बताएका हुन् । उनले भने, “हजारौँ मानिसलाई रोजगारी दिई राष्ट्रलाई पनि फाइदा पुर्याइरहेकाले विज्ञापन कम्पनी आफैँमा उद्योग हुन्,...
धुर्मुस–सुन्तली फाउन्डेशनद्वारा सप्तरीमा कम्बल वितरण

धुर्मुस–सुन्तली फाउन्डेशनद्वारा सप्तरीमा कम्बल वितरण

राजविराज, २७ पुस । पछिलो एक सतायता सप्तरीसहित पूर्वी तराईमा बढेको अत्यधिक चिसो र शीतलहरका कारण प्रभावित ठाउँमा धुर्मुस–सुन्तली फाउन्डेशनले बुधबार कम्बल वितरण गरेको छ । सो फाउन्डेशनद्वारा आज सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपास्थित मुसहर बस्ती र सोही गाउँपालिका–४ स्थित मुसहर र दलित बस्तीमा जाडोबाट जोगिनका लागि स्थानीय प्रशासनसित समन्वय गरी ब्ल्याङ्केट (कम्बल) वितरण गरिएको स्थानीयवासी अ...
राष्ट्रपति र प्रधानमन्त्रीद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

काठमाडौँ, २७ पुस । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् । २९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज सिंहदरबारको पश्चिम गेटअगाडि रहेको शाहको शालिकमा पुगेर राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले माल्यार्पण गरेका हुन् । यसैगरी उपप्रधानमन्त्री कमल थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त...
उदयपुर सिमेन्टको उत्पादनमा वृद्धि

उदयपुर सिमेन्टको उत्पादनमा वृद्धि

गाईघाट, २७ पुस । देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुरको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगको गैँडाछाप सिमेन्ट उत्पादनमा वृद्धि भएको छ ।  उद्योग प्रशासनका अनुसार सिमेन्टको माग चारैतिरबाट बढ्दै जान थालेको र उद्योगको मेशिन मर्मत र सुधारमा समेत राम्रो व्यवस्थापन भएका कारण अहिले उत्पादन प्रतिदिन ७ सय मेट्रिक टन पुर्याइएको हो । विगतका दिनमा प्रतिदिन ६०० मेट्रिक टन सिमेन्ट उत्पादन हु...
डोल्पामा मन्दिरसहित आठ घर जले, करोडौंको क्षति

डोल्पामा मन्दिरसहित आठ घर जले, करोडौंको क्षति

  दुनै, २७ पुस । हिमाली जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिकाअन्तर्गत वडा नं ९ होर्तमा आगलागीबाट एक मष्टा मन्दिरसहित आठ घर जलेर नष्ट भएका छन् ।  आगलागीबाट रु दुई करोड ३२ लाख बराबरको क्षति भएको जिप्रका डोल्पाका प्रहरी नायब निरीक्षक यमबहादुर मल्लले जानकारी दिए । आगलागीमा परेर पाँचसय वर्ष पुरानो मष्टा मन्दिर पनि जलेको छ, मन्दिरभित्र भएको बहुमूल्य मूर्ति जल्दा रु एक करोड बराबरको क्षति भएको...
अंग्रेजी माध्यम र खाजाले सामुदायिक विद्यालयमा विद्यार्थी बढे

अंग्रेजी माध्यम र खाजाले सामुदायिक विद्यालयमा विद्यार्थी बढे

पर्वत, २७ पुस । कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा रहेको सार्वजनिक माविमा २०६१ देखि ०७२÷७३ को शैक्षिक सत्रसम्म विद्यार्थी संख्या ३ गुणा घट्यो । २०६१÷६२ मा ५०० को हाराहारीमा रहेका विद्यार्थी वर्षेनी घट्ने क्रम नरोकिँदा ०७३ सम्म आइपुग्दा १४४ मा झ¥यो । ०५३ मा माविको स्थायी अनुमति पाए पनि विद्यार्थी संख्याकै कारण मर्ज हुने स्थितिसम्म आएपछि शिक्षक र अभिभावक चिन्तित हुन थाले । विद्यालयलाई विद्यार्थी सं...
५१ वर्षमै मृत्युवरण गरेका पृथ्वीनारायणका भित्री कुरा

५१ वर्षमै मृत्युवरण गरेका पृथ्वीनारायणका भित्री कुरा

काठमाडौं, २७ पुस । पृथ्वीनारायण शाहले पूर्वको टिष्टासम्म आधुनिक नेपालको साँध तयार पारिसकेका थिए । पश्चिममा बाँकी थियो । बाइसे, चौबीसे राज्यहरु भित्र पनि सामन्त, दान र बकस दिएका राज्यहरु थिए । आधुनिक नेपालको सरहद बाहिर ठूला साम्राज्यहरुबीच प्रतिस्पर्धा चलिरहेको थियो । डचहरु आइरहेका थिए । र स्पेनिस, डच र फ्रेन्चहरुबीच लडाईं चलिरहेको थियो । यस क्षेत्रमा सबैभन्दा शक्तिशाली मुगलहरु थिए, त्यसबेला । उ...
लालपुर्जा नहुने भूकम्पपीडितले राहत पाएनन्

लालपुर्जा नहुने भूकम्पपीडितले राहत पाएनन्

काठमाडौं, २७ पुस। लालपुर्जा नहुँदा ललितपुरका धेरै भूकम्पपीडित राहत लिनबाट वञ्चित भएका छन् । सुकुमबासी तथा छुटप्रति जग्गा हुनेले अझै पनि पहिलो किस्ताबापतको रकम लिन नपाएको गुनासो गरेका छन् । गोदावरी नगरपालिकामा पाँच हजार पाँच सय ४६ जनाले पहिलो किस्ताबापतको राहत रकम बुझेका छन् । तर, दोस्रो किस्ता एक सय ३० र तेस्रो किस्ता ५० जनाले मात्र बुझेका छन् । ललितपुरका सबै स्थानीय तहमा दोस्रो र तेस्रो किस्ता...
error: Content is protected !!