विदेशमा दुःख भोगेका कटुवालको कुखुरापालनबाट करोडपति बन्ने लक्ष्य
गाईघाट, उदयपुर, २ माघ। अहिले धेरै नेपाली युवा विदेशमा पैसा कमाउन गए पनि सोचेजस्तो पैसा कमाइ नभएपछि धेरै दुःख पाएर विदेशको अनुभवले स्वदेशमा नै धन कमाउन विभिन्न पेशा गर्ने क्रम बढ्दो छ ।
यस्तै नेपाली युवामध्येका एक उदयपुरको कटारी नगरपालिका– २ गुँरासे बस्ने विष्णु कटुवाल पनि साढे तीन वर्षसम्म मलेसियामा बसेर पनि सोचे जस्तो कमाइ नभएपछि अहिले आफ्नै गाउँमा आएर कुखुरा फारम खोलेर करोडपति बन्ने लक्ष्यक...

























