इस्लामाबाद, २ माघ। दक्षिणपश्चिमी पाकिस्तानको बलुचिस्तान प्रान्तमा सोमबार साँझ भएको बन्दुक आक्रमणमा परी कम्तीमा पाँच सुरक्षा अधिकारीको मृत्यु भएको छ ।

यस आक्रमणमा परी अन्य छ जना घाइते भएका छन् । स्थानीय सञ्चार माध्यमले मङ्गलबार सो आक्रमणको जानकारी दिएको छ । घाइते व्यक्तिलाई उपचारार्थ नजिकका अस्पतालमा लगिएको तर उनीको अवस्थाको भने हालसम्म कुनै जानकारी नभएको बताइएको छ ।

Advertisement

बलुचिस्तान प्रान्तको टुर्बाट जिल्लाको शापोक क्षेत्रमा सुरक्षा अधिकारीलाई लिएर गइरेहको सवारी साधानलाई लक्ष्यगरी केही अज्ञात बन्दुकधारीले आक्रमण गरेका थिए ।

घटना भएको सो स्थान हाल सुरक्षा अधिकारीको नियन्त्रणमा रहेको र आक्रमणकारीलाई नियन्त्रणमा लिनको लागि प्रहरी खोजी कारबाही सुरु गरेको बताइएको छ । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!