काठमाडौं, ३ माघ । नयाँ पत्रिका दैनिकले आगामी वर्षदेखि नेपालमा वर्षातको समय (वेट सिजन)मा विद्युत् बचत हुने विषयलाई मुख्य समाचार बनाएको छ । सन् २०१८/१९ देखि वर्षातको ६ महिना विद्युतको माग र आपूर्तिबीच सन्तुलन भई ४४० मेगावाट विद्युत बचत हुने भएको हो । जसका कारण भारतबाट बिजुली आयात गर्नुपर्ने नेपालको बाध्यता हट्ने छ ।

राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको अध्ययनको निष्कर्षलाई नयाँ पत्रिकाले यो समाचार बनाएको हो ।

Advertisement

समाचारमा लेखिएको छ, ‘अर्को वर्षदेखि नै वर्षायाम (वैशाखदेखि मंसिरसम्म) मा विद्युत मागको तुलनामा आपूर्ति बढी हुने देखिन्छ । सो विद्युत स्वदेशमा नै खपत गराउन नेपाल सरकारले नीतिगत हस्तक्षेप गरी ऊर्जा खपत प्रवर्द्धन हुने कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्नुपर्ने अध्ययनले देखाएको छ । आयोगले वर्षायाममा बढी हुने विद्युत ऊर्जा बैंक मोडेलमा भारतलाई दिई सुख्खायाममा नेपाललाई नै उपलब्ध हुने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!