काठमाडौं, ३ माघ ।अन्नपूर्ण पोष्ट दैनिकले बागलुङका एक डाक्टरले अमेरिकामा इबोला रोगको औषधि पत्ता लगाएको समाचारलाई पहिलो पृष्ठमा स्थान दिएको छ।

अमेरिकाको जर्जिया राज्यस्थित इन्स्िटच्युट फर बायोमेडिकल साइन्स विश्वविद्यालयमा कार्यरत डा.सुदीप खड्कासहित ११ वैज्ञानिकको टोलीले विश्वमै खतरनाक मानिएको इबोला भाइरसको औषधि पत्ता लगाएको र उनीहरुको शोधपत्र प्रतिष्ठित ‘एन्टिभाइरल रिसर्च’ जर्नलमा प्रकाशित भएको समाचारमा उल्लेख छ ।

दुई लाख वटा औषधिको अनुसन्धानबाट तीन वर्ष लगाएर ५६ सम्भावित औषधि पत्ता लागेको डा. खड्काले बताएका छन् । ‘अन्य भाइरसको भन्दा इबोला भाइरसको औषधि खोज अध्ययन १० गुणा बढी चुनौतीपूर्ण थियो तर हाम्रो टिम अध्ययनमा सफल भएको छ ।

थप औषधि पनि विकासकै क्रममा छन्’, उनले अन्नपूर्णसँग भनेका छन्, ‘यो औषधि हालै संसारमा भयभित बनाइरहेको अर्को जीका भाइरसविरुद्ध पनि प्रभावकारी देखिएको छ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!