तीन रोगका बिरामीलाई भत्ता वितरण शुरु
काठमाडौँ, ११ माघ। “हप्तामा तीनपल्ट डायलासिस गर्नुपर्छ, एक हजार २०० को रगत बढाउने सुई किन्नलाई पैसा पुग्यो,” मिर्गौला रोगी अमृता भण्डारीले भन्नुभयो ।
वीर अस्पतालमा आज जीविकोपार्जन भत्तास्वरुप मासिक रु पाँच हजार बुझेपछि उहाँले सो कुरा भन्नुभएको हो ।
मिर्गौला, अर्बुद र स्पाइनल इन्जुरी भई पक्षाघात भएका बिरामीलाई जीविकोपार्जन भत्तास्वरुप मासिक रु पाँच हजार दिने निर्णय मन्त्रिपरिषद्को गत पुस १३...




























