हेटौँडा, २९ माघ ।  प्रदेश नंं ३ का नवनियुक्त प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो मन्त्रिपरिषमाआज अपराह्न दुई मन्त्री नियुक्त गर्नुभएको छ ।

Advertisement

प्रदेश प्रमुख अनुराधा कोइरालाले नवनियुक्त मन्त्री केशव स्थापित र शालिकराम जमरकट्टेललाई आज अपराह्न पद तथा गोपनीयताको शपथ गराउनुभयो । स्थापितलाई भौतिक योजना तथा पूर्वाधार विकास र जमरकट्टेललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्री पौडेलले जानकारी दिनुभयो ।

अर्को मन्त्रिपरिषद् विस्तार नहुञ्जेल बाँकी पाँच मन्त्रालय मुख्यमन्त्री पौडेलले नै सम्हाल्नु हुने मन्त्रिपरिषद् कार्यालयका सचिव रेश्मीराज पाण्डेले बताउनुभयो ।

नवनियुक्त मन्त्री स्थापित र जमकट्टेलले ३ नं. प्रदेशका जनताको चाहनाबमोजिम विकास निर्माणको काम निष्पक्ष र पारदर्शी ढंगले गर्ने बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!