म्याग्दीलाई ‘हिमाली जिल्ला’ बनाउन पहल

म्याग्दीलाई ‘हिमाली जिल्ला’ बनाउन पहल

म्याग्दी, २२ फागुन । संसारको सातौँ अग्लो धौलागिरि हिमाल (८,१६७ मिटर) सहित दर्जनौँ हिमशृङ्खला भएको म्याग्दीलाई हिमाली जिल्लाको हैसियत दिनुपर्ने माग उठेको छ । जिल्ला समन्वय समितिको हालै बसेको बैठकले म्याग्दीमा विश्व प्रसिद्ध धौलागिरि, अन्नपूर्ण प्रथम, चुरेन, गुर्जा, मानापाथी, पुठा, बराह शिखरलगायत दर्जनौँ हिमशृङ्खला रहे पनि म्याग्दीलाई अहिलेसम्म पनि पहाडी जिल्लाका रुपमा सूचीकृत गरिएका कारण हिमाली जिल...
हटेनन् पहिरो जोखिमका घरपरिवार

हटेनन् पहिरो जोखिमका घरपरिवार

चितवन, २२ फागुन ।  नारायणगढ–मुग्लिन सडकखण्डको पहिराको उच्च जोखिमयुक्त क्षेत्रका बस्तीका बासिन्दाले आयोजनाबाट पहिलो किस्ताको रकम लिएर पनि सार्वजनिक जग्गाबाट हट्न अटेर गरेका छन् । एशियाली विकास बैंकको लगानीमा भएका आयोजना क्षेत्रका बासिन्दा हटाउँदा स्थानान्तरण हुन सक्ने गरी रकम दिनुपर्ने प्रावधानका कारण उनीहरुलाई आयोजनाले मूल्याङ्कन गरी पहिलो किस्ताको रकमसमेत भुक्तान गरिसकेको छ । नारायणगढ–मुग्लिन ...
दक्षिण एशियाको समृद्धिका लागि शान्ति अपरिहार्य : पाकिस्तानी प्रधानमन्त्री अब्बासी

दक्षिण एशियाको समृद्धिका लागि शान्ति अपरिहार्य : पाकिस्तानी प्रधानमन्त्री अब्बासी

काठमाडौँ, २२ फागुन।  पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीले दक्षिण एशियाको समृद्धिका लागि शान्ति, सुरक्षा र पारस्परिक मैत्री अपरिहार्य भएको बताउनुभएको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयमा आज आयोजित कार्यक्रममा उहाँले शान्तिपूर्ण वातावरणमा नै दक्षिण एशियाको प्रगति सुनिश्चित हुने बताउँदै सार्कमार्फत यस क्षेत्रको शान्ति र आर्थिक प्रगतिका निम्ति आफ्नो मुलुकले हरसम्भव सह...
फेसबुकको विषयमा विवाद : विद्यार्थीको गयो ज्यान, ८ जना पक्राउ

फेसबुकको विषयमा विवाद : विद्यार्थीको गयो ज्यान, ८ जना पक्राउ

काठमाडौं, २२ फागुन  । काठमाडौंको गंगबुस्थित गणेश हिमाल बोडिङ स्कुलमा पढ्ने एक जना विद्यार्थीको साथीहरुबाटै हत्या भएको छ । कक्षा १० मा अध्ययरत विद्यार्थी कुमार सूचीकार वर्देवाको हत्या भएको हो । यसअघि २७ माघमा तारकेश्वर नगरपालिका-४, फूलबारीमा उनलार्इ बेहोस अवस्थामा फेला पारिएको थियो । लगत्तै, उपचारका लागि वीर अस्पताल लगिए पनि उपचारका क्रममा दुर्इ दिनपछि मृत्यु भएको थियो । उनको हत्या आरोपमा ८ जना ...
नेपालपरस्त भएर मुलुक निर्माणमा लाग्नु जरुरी छः दाहाल

नेपालपरस्त भएर मुलुक निर्माणमा लाग्नु जरुरी छः दाहाल

काठमाडौँ, २२ फागुन । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असन्तुष्ट पक्षले उठाउँदै आएको संविधान संशोधनको विषयलाई औचित्यका आधारमा अगाडि बढाइने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्नक्रममा उहाँले संविधानसभाबाट निर्माण भएको संविधानलाई कार्यान्वयन गर्न प्रभावकारी प्रयत्नको जरुरी रहेको बताउँदै असन्तुष्ट पक्षलाई मिलाएर राष्ट्र निर्माणको कार्यभार पूरा ...
स्वतन्त्र न्यायपालिकाको गरिमा भत्काउने काम नहोस्ः देउवा

स्वतन्त्र न्यायपालिकाको गरिमा भत्काउने काम नहोस्ः देउवा

काठमाडौँ, २२ फागुन।  नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले असन्तुष्ट पक्षलाई मिलाएर अगाडि लैजान वर्तमान सरकारलाई सफलता मिलोस् भन्ने कामना गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले संविधान कार्यान्वयनको महत्वपूर्ण कार्यभारका रुपमा रहेको तीन वटै तहको निर्वाचन सफल बनाउन सबैले खेलेको भूमिकाको प्रशंसा गर्दै संविधानका आधारभूत संरचनामा परिवर्तन गर्ने काम कोही कसैबाट नहोस् भन्नुभयो ।...
भारतको पश्चिमी राज्य गुजरातमा सवारी दुर्घटना: कम्तीमा २५ को मृत्यु

भारतको पश्चिमी राज्य गुजरातमा सवारी दुर्घटना: कम्तीमा २५ को मृत्यु

नयाँ दिल्ली, २२ फागुन।  भारतको पश्चिमी राज्य गुजरातमा विवाहको भोजमा जान लागेका व्यक्तिहरु बोकेको एक ट्रक मङ्गलबार बिहान दुर्घटनाग्रस्त हुदा कम्तीमा २५ जनाको ज्यान गएको दुःखद समाचार छ । विवाह भोजमा सहभागी हुन लागेका व्यक्तिलाई लिएर गुडिरहेको ट्रक सडकबाट गहिरो खोँचमा खस्दा कम्तीमा पनि २५ व्यक्तिको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । गुजरातको एक स्थानीय टेलिभिजन च्यानल न्युज–१८ ले उक्त जानकार...
अमेरिका लगिएका ८०० वर्ष पुराना मूर्ति फिर्ता हुँदै

अमेरिका लगिएका ८०० वर्ष पुराना मूर्ति फिर्ता हुँदै

वासिङ्टन डिसी, २२ फागुन । विभिन्न अवैधानिक माध्यमबाट अमेरिका ल्याइपु¥याइएका करीव ८०० वर्ष पुरानो मूर्ति नेपाल पठाइने भएको छ । अमेरिकाको न्यूयोर्कस्थित मेट्रोपोलिटन म्युजियम अफ आर्टमा प्रदर्शनीका लागि राखिएका दुई थान मूर्ति उक्त संग्रहालयले नेपाललाई हस्तान्तरण गर्न तत्परता देखाएको छ । सोसम्बन्धी सम्झौतामा सोमबार संग्रहालयका तर्फबाट अध्यक्ष डानियल एच विस र नेपालका तर्फबाट न्यूयोर्कस्थित महावाणिज्...
काश्मिरमा भएको प्रदर्शनको क्रममा छको मृत्यु

काश्मिरमा भएको प्रदर्शनको क्रममा छको मृत्यु

श्रीनगर, भारत, २२ फागुन ।  भारत अधिनस्थ काश्मिरमा भएको एक प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्दा छजनाको मृत्यु भएको छ । हजारौंको संख्यामा रहेका प्रदर्शनकारीहरुलाई नियन्त्रण गर्न प्रहरीले  अश्रु ग्याँस प्रहार गर्नुका साथै लाठी चार्जसमेत गरेको थियो । प्रहरीबाट मारिएका छ जना मध्ये चार जना आमनागरिक रहेका अधिकारीहरुले जानकारी दिएका छन् । प्रदर्शनकारी र सुरक्षाकर्मीहरुकाबीचमा झडप भएपछि तनावपूर्ण ...
हरियो स्टिकरविनाका सवारी साधन प्रवेशमा रोक

हरियो स्टिकरविनाका सवारी साधन प्रवेशमा रोक

काठमाडौँ, २२ फागुन।  सरकारले हरियो स्टिकर नलगाइएका सवारी साधनलाई आगामी वैशाख १ गतेदेखि महानगरभित्र प्रवेश गर्न रोक लगाउने भएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले हरियो स्टिकरलाई वैशाखदेखि कडाइका साथ लागू गर्न लागिएको बताउनुभयो । “वैशाखदेखि हरियो स्टिकर लगाएका जुनसुकै सवारी साधनलाई जुनसुकै समयमा जाँच गर्छाँंैं, प्रदूषणमा फेल ...
बाह्रदिनको बीचमा दुईजना बलात्कृत

बाह्रदिनको बीचमा दुईजना बलात्कृत

लिबाङ, रोल्पा, २२ फागुन । रोल्पामा फागुन महिनामा मात्र १२ दिनको बीचमा छुट्टाछुट्टै स्थानमा एक किशोरी र एक महिला गरी दुईजना बलात्कृत भएको भन्दै पीडित पक्षबाट उजुरी परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले आज जनाएको छ । सुनछहरी गाउँपालिका फगाम रोल्पाका १७ वर्षीय किशोरले सोही गाउँपालिकामा पर्ने भित्री गामकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । इलाका प्रहर...
युवती हत्या आरोपित युवा थुनामा

युवती हत्या आरोपित युवा थुनामा

फलेवास, पर्वत, २२ फागुन । आफ्नै प्रेमिकालाई हत्या गरेर कालीगण्डकी नदीमा बगाएको आरोपमा पक्राउ गरेका एक युवा पुर्पक्षका लागि थुनामा परेका छन् । प्रेमिकालाई हत्या गरेको आरोपमा प्रहरी हिरासतमा रहेका पर्वतको बिहादी बिहादी गाउँपालिका–२ बर्राचौरका २३ वर्षीय प्रदीप पराजुलीलाई अदालतले थुनामा राख्ने आदेश दिएको हो । बागलुङ जैमिनी नगरपालिका–८ घर भएकी २२ वर्षीया कमला शर्मालाई उनैले लगाएको सलले घाँटी बाँधेर प...
राष्ट्रपतिमा भण्डारीसँगै खनालको बलियो दाबेदारी

राष्ट्रपतिमा भण्डारीसँगै खनालको बलियो दाबेदारी

काठमाडाैँ, २२ फागुन। राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारी मनोनयनको संघारमा एमाले स्थायी समितिका नेताहरू वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्‍याउने कि नयाँ उम्मेदवार अघि सार्ने दुई कित्तामा उभिएका छन् । भण्डारीलाई दोहोर्याउन नहुने पक्षधर नेताहरूले वरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्रपति बनाउन लबिङ गरिरहेका छन् । खनालले सार्वजनिक रूपमै आफू राष्ट्रपतिको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन्...
सीमा बैठकमा एकतर्फी गतिविधीको विरोध, भारतद्वारा गल्ती स्वीकार

सीमा बैठकमा एकतर्फी गतिविधीको विरोध, भारतद्वारा गल्ती स्वीकार

काठमाडौँ, २१ फागुन ।  अनुमति नलिएर भारतीय पक्षले सीमा नदी महाकालीमा बनाएको काठे पुलको नेपालले विरोध गरेको छ। सीमा सुरक्षा समन्वय बैठकमा भारतले एकतर्र्फी गर्दै आएको गतिविधीको विरोध गरिएको छ। अनुमति नलिएर एकतर्फी पुल बनाएको भन्दै नेपाली पक्षले विरोध गरेको हो। सोमबार भारत उत्तराखण्डको पिथौरागढ जिल्लामा नेपाल भारत सुरक्षा समन्वयको बैठकमा नेपाली टोलीले विरोध जनाएपछि भारतीय पक्षले कमजोरी भएको स्व...
कांग्रेसमा देउवा थप शक्तिशाली, शंकाको घेरामा शशांक

कांग्रेसमा देउवा थप शक्तिशाली, शंकाको घेरामा शशांक

काठमाडौं, २१ फागुन । कांग्रेसमा नेतृत्व परिर्वतनको माग भइरहेका बेला पार्टी सभापति शेरबहादुर देउवा भारी मतका साथ संसदीय दलको नेता चयन भएका छन् । यसले देउवालाई थप बलियो बनाएको छ भने नेतृत्व परिर्वतन पक्षधरलाई धक्का लागेको छ । दलको चुनावमा देउवालाई पूर्वमहामन्त्री प्रकाशमान सिंहले चुनौती दिएका थिए । दलको नेता देउवा हुने प्रष्ट थियो तर, सिंहले कति मत पाउँछन् भन्ने विषयलाई अर्थपूर्ण मानिएको थियो । ...
पाकिस्तानी प्रधानमन्त्रीका सम्मानमा १९ तोपको सलामी

पाकिस्तानी प्रधानमन्त्रीका सम्मानमा १९ तोपको सलामी

काठमाडौँ, २१ फागुन। नेपालको दुईदिने औपचारिक भ्रमणमा आज यहाँ आउनुभएका इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीको सम्मानमा १९ तोपको सलामी प्रदान गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षीलाई सैनिक मञ्च टुँडिखेलको अतिविशिष्ट कक्षमा स्वागत गर्नुभएसँगै अब्बासीको सम्मानमा सम्मान गारद प्रदान गरिएको हो । सो अवसरमा पाकिस्तानी प्रधानमन्त्रीले सम्मान गारद निरीक्षण गर्नुभए...
प्रधानमन्त्री ओली र अब्बासीबीच भेटवार्ता शुरु

प्रधानमन्त्री ओली र अब्बासीबीच भेटवार्ता शुरु

काठमाडौँ, २१ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहनुभएका पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीबीच द्विपक्षीय भेटवार्ता शुरु भएको छ । उहाँहरुबीच पारस्परिक हित र चासोका द्विपक्षीय विषयमा केही बेरअघि छलफल शुरु भएको हो । दुई प्रधानमन्त्रीको भेटवार्ता सकिएलगत्तै उहाँहरु रात्रिभोजमा सरीक हुनुहुनेछ ।
पाकिस्तानी प्रधानमन्त्रीलाई टुँडिखेलमा गार्ड अफ अनर

पाकिस्तानी प्रधानमन्त्रीलाई टुँडिखेलमा गार्ड अफ अनर

काठमाडौं,२१ फागुन। सोमबार काठमाडौं आइपुगेका पाकिस्तानी प्रधानमन्त्री शाहीद अब्बासीको सम्मानमा सरकारले सैनिक मञ्च टुँडिखेलमा ‘गार्ड अफ अनर’ दिएको छ । सोमबार अपरान्ह साढे ५ बजेपछि उनलाई नेपाली सेनाको सैन्य टुकडीबाट गार्ड अफ अनरको सम्मान दिइएको हो । टुँडिखेलमा गार्ड अफ अनरको सम्मान पाउने पहिलो विदेशी सरकार प्रमुख पाकिस्तानी प्रधानमन्त्री अब्बासी बनेका छन् । यसअघि विदेशी उच्चस्तरीय पाहुनालाई विमा...
‘प्रतिनिधिसभाको अन्तरिम कार्यविधि, २०७४’ पारित

‘प्रतिनिधिसभाको अन्तरिम कार्यविधि, २०७४’ पारित

काठमाडौँ, २१ फागुन।  प्रतिनिधिसभाले ‘प्रतिनिधिसभाको अन्तरिम कार्यविधि, २०७४’ सर्वसम्मतिले पारित गरेको छ । संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाको आज बसेको पहिलो बैठकले सो कार्यविधि पारित गरेको हो । बैठकको अध्यक्षता गर्नुभएका प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले उक्त कार्यविधि पारित गर्नका लागि प्रस्ताव गर्नुभएको थियो । उक्त प्रस्ताव गरेलगत्तै सांसद प्रेम सुवालले आसनबाट उठेर नियमापत्ति...
राष्ट्रियसभाको अभ्यास शुरु, अन्तरिम कार्यविधि पारित

राष्ट्रियसभाको अभ्यास शुरु, अन्तरिम कार्यविधि पारित

काठमाडौँ, २१ फागुन । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि राष्ट्रियसभाको पहिलो अभ्यास आजदेखि शुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा ज्येष्ठ सदस्य तारादेवी भट्टको अध्यक्षतामा राष्ट्रियसभाको पहिलो बैठकले राष्ट्रियसभा सञ्चालनसम्बन्धी अन्तरिम कार्यविधिलाई सर्वसम्मतरुपमा पारित ग¥यो । बैठकले राष्ट्रियसभाको अध्यक्षको अनुपस्थितिमा वैठकको अध्यक्षता गर्न परशुराम मेघी गुरुङ,...
संसदीय दल निर्वाचन: नेता देउवाद्वारा मत दिने सबैप्रति आभार व्यक्त ( ६ तस्वीरमा )

संसदीय दल निर्वाचन: नेता देउवाद्वारा मत दिने सबैप्रति आभार व्यक्त ( ६ तस्वीरमा )

काठमाडौँ, २१ फागुन । नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । काँग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा आज सम्पन्न मतदानमा सभापति देउवाले कूल ६३ मतमध्ये ४४ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंहले १९ मत प्राप्त गर्नुभयो । चार पटक प्रधानमन्त्री भइसक्नुभएका सभापति देउवा यो निर्वाचनपछि पुन...
इटलीको निर्वाचन मत परिणाम, सत्ताधारी मध्य–वामपन्थी दलद्वारा हार स्वीकार

इटलीको निर्वाचन मत परिणाम, सत्ताधारी मध्य–वामपन्थी दलद्वारा हार स्वीकार

रोम, इटली, २१ फागुन । इटलीमा आइतबार भएको निर्वाचनको परिणाम आइरहँदा उक्त चुनावमा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउने सम्भावना देखिएको छैन । करिब १० वर्ष पहिलेस्थापित फाइभ स्टार सबैभन्दा शक्तिशाली दल बनेको छ । फाइभ स्टार मुभमेन्टले पनि आफ्नो शक्तिको लेखाजोखा गर्दै राष्ट्रिय राजनीतिमा शक्ति सन्तुलनका लागि काम गर्ने बताएको छ । यद्यपि उक्त दलले गठबन्धन सरकार बनाउने विषय भने अस्वीकार गरिरहेको छ । इ...
एकैसाथ पाँचवटा जलविद्युत् आयोजना अध्ययन गर्दै उत्पादन कम्पनी

एकैसाथ पाँचवटा जलविद्युत् आयोजना अध्ययन गर्दै उत्पादन कम्पनी

काठमाडौँ, २१ फागुन । सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीले विभिन्न पाँचवटा जलविद्युत् आयोजनाको अध्ययन कार्य अगाडि बढाएको छ । ती आयोजनाको कूल क्षमता दुई हजार २१० मेगावाट रहेको छ । जलविद्युत् लगानीका फरकफरक स्रोतको पहिचान तथा निर्माण कार्यलाई गति दिने लक्ष्यका साथ दुई वर्ष पहिले स्थापना भएको कम्पनीले फुकोट कर्णाली, किमाथांका अरुण, भेरी एक र जगदुल्ला जलविद्युत् आयोजनाको अध्ययन गरिरहेको छ । ...
पाकिस्तानी प्रधानमन्त्री अब्बासी काठमाडौँमा, अर्थमन्त्रीद्वारा स्वागत

पाकिस्तानी प्रधानमन्त्री अब्बासी काठमाडौँमा, अर्थमन्त्रीद्वारा स्वागत

काठमाडौँ, २१ फागुन।  इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणको सिलसिलामा आज काठमाडौं आइपुगेका छन् । प्रधानमन्त्रीमा नियुक्त हुनुभएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई शुभकामना दिन पाकिस्तानी प्रधानमन्त्री अब्बासी नेपाल आउनुभएको हो । पाकिस्तानी सेनाको विशेष विमानबाट यहाँ आउनुभएका प्रधानमन्त्री अब्बासीलाई अर्थ मन्त्री डा युवराज खतिव...
हक्कीको उर्बरभूमि: ‘उल्टाखाम र बागफाँटा’

हक्कीको उर्बरभूमि: ‘उल्टाखाम र बागफाँटा’

भीमदत्तनगर, २१ फागुन । मुलुकको हक्की खेल कञ्चनपुरका दुईवटा गाउँका खेलाडीले धानेको छ भन्दा अनौठो लाग्न सक्छ । भीमदत्तनगरपालिका–२ को उल्टाखाम र वडा नं १९ बागफाँटा हक्की खेलाडी जन्माउने गाउँका रुपमा परिचित छन् । यहाँ उत्पादन भएका खेलाडीले राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रियस्तरमा समेत नेपालको हक्की खेलको नेतृत्व गरिसकेका छन् । उल्टाखाम र बागफाँटाबाट हालसम्म महिला तथा पुरुष खेलाडी गरी २६ जनाले अन...
रानीेपोखरीको पुनःनिर्माणमा जथाभावी गरेको आरोपसहित मुद्दा दर्ता

रानीेपोखरीको पुनःनिर्माणमा जथाभावी गरेको आरोपसहित मुद्दा दर्ता

काठमाडौँ, २१ फागुन । सम्पदा बचाउ अभियानमा लागेका व्यक्तिहरुको एक समूहले नियम विपरीत रानीपोखरीको पुनःनिर्माण गर्न खोजिएको आरोपसहित फौज्दारी मुद्दा दर्ता गरेका छन् । महानगरीय प्रहरी कार्यालय टेकुमा दर्ता गरिएको नं ३७१ को उजुरीमा भनिएको छ – “कानून विपरीत काम गर्नेहरुमाथि अनुसन्धान गरी कारबाही होस् ।” सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा ३ (१) बमोजिम पुरातत्व विभागका सिनियर डिभिजन इन्जिनियर सम्पत...
चीनद्वारा सुरक्षा बजेटमा ८.१ प्रतिशत वृद्धि

चीनद्वारा सुरक्षा बजेटमा ८.१ प्रतिशत वृद्धि

बेइजिङ, (चीन), २१ फागुन । चीनले आफ्नो सैन्य तयारीलाई चुस्तदुरुस्त पार्न सन् २०१८ का लागि सुरक्षा बजेटमा गतबर्षको सात प्रतिशतबाट बढाएर ८.१ प्रतिशत पु¥याएको छ । चीनको राष्ट्रिय व्यवस्थापिकामा सोमबार प्रस्तुत गरिएको नयाँ बजेटमा एक खर्ब ७५ अर्ब अमेरिकी डलरको सुरक्षा खर्च छुट्टाइएको हो । गत दुई बर्षको तुलनामा सन् २०१७ आर्थिक वृद्धिदर सामान्य बढी देखिएपनि सन् २०१३ पछि तेस्रो पटक गत बर्ष पनि आर्थिक...
प्रवासी नेपालीले भव्य रुपमा मनाए होली

प्रवासी नेपालीले भव्य रुपमा मनाए होली

टेक्सास, अमेरिका, २१ फागुन ।  अमेरिकाको टेक्सास राज्यको ह्युस्टन शहरमा बस्ने नेपालीले भव्य रुपमा होली पर्व मनाएका छन् । नेपाली हेरिटेज युनियन (एनएचयु)ले आयोजना गरेको होली पर्वमा अमेरिकामा बस्दै आएका थुप्रै नेपालीको उपस्थिति रहेको थियो । अमेरिकामा बस्दै आएका नेपालीबीच सम्बन्ध सुमधुर बनाउने उद्देश्यले होलीको आयोजना गरेको संस्थाका अध्यक्ष विदुर दवाडीले जानकारी दिनुभयो । उक्त अवसरमा नेपाल...
कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

काठमाडाैँ, २१ फागुन। नेपाली काँग्रेस संसदीय दलको नेताका छान्नका लागि आज भएको मतदान सम्पन्न भएको छ ।  नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा विजयी भएका छन् । सर्वसम्मतिबाट चयन गर्ने प्रयास असफल भएपछि काँग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा सोमबार भएको मतदानबाट ४४ मत प्राप्त गर्दै देउवा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी प्रकाशमान सिंहको पक्षमा १९ मत परेको हो । पूर...
रसियाली नागरिकलाई अमेरिका सुपुर्दगी नगरिने: पुटिन

रसियाली नागरिकलाई अमेरिका सुपुर्दगी नगरिने: पुटिन

मस्को (रसिया), २१ फागुन । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपतीय निर्वाचन २०१६ मा निर्वाचनमा हस्तक्षेप गरेको भनी आरोप लागेका आफ्ना १३ नागरिकलाई अमेरिकासमक्ष सुपुर्दगी नगर्ने रसियाले जनाएको छ । तास नामक राज्य सञ्चालित रसियाली समाचार संस्थाले राष्ट्रपति पुटिनसँग हालै अमेरिकी एनबीसी टेलिभिजनलाई दिइएको एक अन्तर्वार्तामा उहाँको भनाई उद्धृत गर्दै भनेको छ, “विवादित रबर्ट मुलरको विश...
कांग्रेस संसदीय दलको नेता छान्न मतदान सुरु

कांग्रेस संसदीय दलको नेता छान्न मतदान सुरु

काठमाडौं, २१ फागुन  । नेपाली कांग्रेस संसदीय दलको नेता छान्न मतदान सुरु भएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा मतदान सुरु भएको हो । संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंह उम्मेदवार छन् । मतदानका लागि विद्युतीय मेसिन प्रयोग नगरी बाकसको व्यवस्था गरिएको छ । कांग्रेसका ६३ जना सांसदले नेता चुन्न निर्वाचनमा भाग लिनेछन् । संसदीय दलको नेतामा ...
error: Content is protected !!