उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएका पुनलाई प्रमाणपत्र प्रदान
काठमाडौँ, ४ चैत । निर्वाचन आयोगले उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएका नन्दबहादुर पुनलाई प्रमाणपत्र प्रदान गरेको छ ।
उपराष्ट्रपतिको कार्यालयमा आज साँझ आयोजित एक समारोहमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले उपराष्ट्रपतिमा निर्वाचित हुनुभएका पुनलाई प्रमाणपत्र प्रदान गर्नुभएको हो ।
सो समारोहमा आयोगका आयुक्त, सचिव तथा कर्मचारीको उपस्थिति रहेको थियो ।
‘निर्वाचन वर्ष’ कुशलतापूवर्क सम्...





























