काठमाडौं,५ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

उपराष्ट्रपतिको दोस्रो कार्यकालका लागि आइतबार निर्वाचित भएका पुनले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।

Advertisement

शपथ सोमबार अपराह्न ४ बजे राष्ट्रपतिको कार्यालय शीतल निवासमा हुँदैछ ।

पुनका प्रेस संयोजक मनोज घर्तीले अपराह्न ४ बजे उपराष्ट्रपतिले शपथग्रहण गर्ने समय तय भएको जानकारी दिए ।

उपराष्ट्रपतिका लागि शनिबार उम्मेदवारी मनोनयन दर्ता गर्न समय दिइएकोमा वाम गठबन्धनका नन्दबहादुर पुनको मात्रै उम्मेदवारी परेकाे थियाे । चैत ९ गते उपराष्ट्रपतिका लागि मतदान गर्ने कार्यतालिका आयोगले सार्वजनिक गरे पनि पुनविरुद्ध कसैकाे पनि उम्मेदवारी नपरेपछि अायाेगले अाइतबार  पुन निर्विराेध निर्वाचित भएकाे घाेषाणा गरेकाे थियाे ।

यसअघि राष्ट्रपतिका लागि भने संसदमा मतदान भएको थियो । संसदमा भएको मतदानबाट विद्यादेवी भण्डारी राष्ट्रपतिमा निर्वाचित भइसकेकी छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!