काठमाडौँ, ५ चैत ।  ट्राफिक प्रहरीले स्वरुप परिवर्तन गरी सवारी चलाउने ११० मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले स्वरुप परिवर्तन गरी ठूलो आवाज बनाएर गुडाउने ११० बुलेट मोटरसाइकललाई नियन्त्रणमा लिएको हो ।

Advertisement

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले ठूलो आवाज निकालेर कोलाहल मच्चाउँदै हिँड्ने सवारीमाथि कारबाहीका लागि विशेष अभियान थालिएको जानकारी दिनुभयो । “ठूलो आवाज निकालेर सडक नै आफ्नो मात्र हो भन्दै हिँड्ने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएका हौँ”, उहाँले भन्नुभयो ।

महाशाखाले यस्ता मोटरसाइकललाई अझै नियन्त्रणमा लिने जनाएको छ । महाशाखाले स्वरुप परिवर्तन गरेर सवारी चलाउनेलाई रु पाँच हजार जरिवाना गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!