राष्ट्रपतिलाई सार्क महासचिवको बधाई
काठमाडौँ, १ चैत । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिमा विद्यादेवी भण्डारी पुनःनिर्वाचित हुनुभएकोमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव अमजद बी सियालले हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीलाई सार्कका आठ वटै सदस्य मुलुकका कूटनीतिक एवं सचिवालयका कर्मचारीका तर्फबाट आज एक पत्र पठाउँदै महासचिव सियालले बधाई ज्ञापन गर्नुभएको हो ।
पत्रमा नेपालले तीन वटा ...




























