रातोपाटी

काठमाडौं, ५ चैत। एफपीयु मिसन जान पाउने लोभमा प्रहरी अधिकारीहरु नै ठगिएका छन् । ‘म प्रहरी प्रधान कार्यालयको डिएसपी नारायणकुमार श्रेष्ठ हुँ’ भन्दै परिचय दिने नक्कली डिएसपीबाट दुई जना बहालवाला प्रहरी कर्मचारी ठगीएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

Advertisement

महाशाखाले ठगीमा संलग्न महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–२ स्थायी घर भएका आनन्द कुमार मण्डलाई काठमाडौंको माईतिघरबाट पक्राउ गरेको छ । मण्डलसँगै मिलेर ठगी कार्यमा संलग्न ‘नक्कल डिएसपी’ प्रकाश सिंह भने फरार रहेको प्रहरीले जनाएको छ ।

मैतिदेवी बस्दै आएका आनन्द कुमार मण्डलले ‘प्रहरी हेड्क्वार्टरको डिएसपीसँग कुरा गराई सेटिङ मिलाएर विदेश पठाईदिन्छु’ भन्दै विश्वास दिलाएर दुईजना प्रहरीसँग महोत्तरीको मनराकट्टी गाविस बस्ने बर्ष ५३ को प्रकाश सिंहलाई भेट गराएका थिए ।

केही दिनअघि ति प्रहरीसँगको भेटमा मण्डलले प्रकाश सिंहको परिचय गराउँदै ‘उहाँ हेड्क्वार्टरको डिएसपी नारायणकुमार श्रेष्ठ’ भन्दै परिचय गराएका थिए । यसरी आफ्नै डिएसपी ठानेर अभिवादन समेत गरेका दुई प्रहरी कर्मचारीले मिसन जान पाउने लोभमा ४ लाख बुझाएको अपराध महाशाखाले जनाएको छ ।

प्रकाश सिंह र आनन्द कुमार मण्डल मिलेर प्रहरीका अन्य कर्मचारी र नेपाली सेनाका केही कर्मचारीलाई समेत ठगी गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताएका छन् । पक्राउ परेका आनन्द कुमार मण्डललाई ठगी मुद्धामा म्याद लिएर अनुसन्धान शुरु गरिएको महाशाखाले जनाएको छ ।

आफु सिंहदरबारमा सातौं तहको कर्मचारी रहेको भन्दै झुटा कुरा गर्दै हिँड्ने मण्डलले उच्च प्रहरी अधिकारीसँग सम्बन्ध छ भन्दै पिडीतहरुलाई प्रभावमा पार्ने गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!