दैलेख ५ चैत ।  दैलेख जिल्लाको भैरवी गाउँपालिका–५ (साविकको भैरीकालिकाथुम–९ बाहाँचौर) का स्थानीयवासीले चन्दा उठाएर सडक निर्माण गरेका छन् ।

गाउँपालिकाको डाडाँमाडी बजारदेखि बाहाचौर जोड्ने सडकअन्तर्गत डोक्रासम्म गाउँपालिको बजेटमा सडक निर्माण भएको थियो । डोक्रादेखि बाहाँचौर जोड्ने सडकका लागि गाउँपालिकाले कुनै पनि चासो नदेखाए पनि स्थानीयवासीले चन्दा उठाएरै सडक निर्माणको काम थालेका हुन् । स्थानीयबासी रामबहादुर विकका अनुसार १७ घरधुरीले रु ८१ हजार उठाएर सडक निर्माण गरेका हुन् ।

Advertisement

उनीहरुले यसअघि पनि गाउँका प्रतिघरधुरी १०/१० हजार उठाएर सडक निर्माण गरेका थिए । स्थानीयवासी कृष्णप्रसाद जैसीका अनुसार हालसम्म स्थानीयवासीले दुई लाख ६६ हजारभन्दा बढी रकम चन्दा उठाएर सडक निर्माण गरेका हुन् ।
हिला अगुवा सरिता पौडेलका अनुसार डोक्रादेखि बाहाँचौर जोड्ने सडकका लागि गाउँपालिका र वडापालिकाले कुनै पनि चासो नदेखाएपछि स्थानीयवासीले चन्दा उठाएर सडक निर्माणको काम गरेको बताउनुभयो ।

गाउँपालिकाभित्रका स्थानीयवासीले चन्दामार्फत सडक निर्माण गरिरहँदा भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बूढाको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी र पत्रकारसहित ३९ जनाको जम्बो टोली स्थानीय संरचना सञ्चालन तथा पशुपालनको विषयमा अध्ययन गर्ने भन्दै गाउँपालिकाको रु १० लाखको बजेट छुट्याएर एकहप्ते भ्रमणमा निस्किएका हुन् ।

स्थानीय सरिता पौड्यालले भन्नुभयो खास किसान एक जना पनि गएका छैनन् “गाउँपालिकाभित्रका विभिन्न वडामा स्वास्थ चौकी नै छैन । भएका स्वास्थ्य चौकीमा जिवनजल छैन, धारामा पानी छैन, सडक छैन, बिजुली छैन, यस्तो अवस्थामा पनि गाउँपालिकाको सिंगो टोली रु १० लाख खर्च गरी भ्रमणमा निस्किएका छन् ।” जनप्रतिनिधिमार्फत स्थानीयस्तरमा विकास हुने आशा गरेको भए पनि गाउँपालिकामा आएको बजेट भ्रमणमा खर्च गरेको भन्दै उहाँले आलोचना पनि गर्नुभयो ।

गाउँपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कर्मचारी, वडासदस्य, पत्रकारसहितको टोली भ्रमणमा निस्किएपछि गाउँपालिकाबाट प्रदान गरिने सेवा सुविधाहरु प्रभावित भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!