‘काठमाडौँ – तराई  द्रुतमार्ग ’ को निमार्ण प्रभावकारी बनाउन छुट्टै ऐन ल्याइने

‘काठमाडौँ – तराई द्रुतमार्ग ’ को निमार्ण प्रभावकारी बनाउन छुट्टै ऐन ल्याइने

काठमाडौँ, १९ वैशाख ।  राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौँ तराई/मधेस द्रुतमार्ग’ निर्माणमा देखिएका कानूनी र प्राविधिक समस्या समाधान गर्न रक्षा मन्त्रालयले आयोजना सम्बन्धी छुट्टै ऐनको मस्यौदा तयार गरेको छ । सिंहदरबारस्थित रक्षा मन्त्रालयमा आज सरोकार भएका मन्त्रालयका सचिव र निकायका प्रतिनिधिसहितको छलफलमा रक्षामन्त्री ईश्वर पोखरेलले सामान्य विषयमा पनि एक निकायले अर्काे निकायलाई अड्काएर महत्वपूर्ण काम...
संयुक्त राष्ट्रसंघमा बुद्ध पूर्णिमा महोत्सव

संयुक्त राष्ट्रसंघमा बुद्ध पूर्णिमा महोत्सव

काठमाडौँ, १९ वैशाख । बुद्धपूर्णिमाका अवसरमा संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा मंगलबार विशेष संस्मरणात्मक समारोह आयोजना गरियो । वेसक दिवसमा रुपमासमेत परिचित बुद्धपूर्णिमाका दिन आयोजित विशेष समारोहमा महासचिव एन्टोनियो गुटरेस, महासभाका अध्यक्षका साथै बंगलादेश, भूटान, क्याम्बोडिया, हंगेरी, भारत, इण्डोनेशिया, जापान, गणतन्त्र कोरिया, प्रजातान्त्रिक गणतन्त्र लाओ, मलेसिया, मंगोलिया, म्यान्मा, नेपा...
आक्रमणकारीलाई पक्राउ गर्न माग गर्दै जिप्रकामा धर्ना

आक्रमणकारीलाई पक्राउ गर्न माग गर्दै जिप्रकामा धर्ना

भक्तपुर, १९ वैशाख ।  मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई गत ८ गते शनिबार आक्रमण गर्ने आक्रमणकारीलाई पक्राउ गर्न माग गर्दै आज जिल्ला प्रशासन कार्यालय भक्तपुरमा धर्ना दिँदै घेराउ गरिएको छ । युवा संघ नेपाल, अखिल नेपाल महिला संघ, अनेरास्ववियु, जनप्रतिनिधि र स्थानीय बासिन्दाले आक्रमणकारीलाई पक्राउ गर्न माग गर्दै धर्ना दिएका हुन् । ‘आक्रमणकारीलाई पक्राउ गर, जनतालाई सुरक्षाको प्रत्याभ...
साढे ३३ केजी सुन प्रकरणले एसएसपी दिवेश लोहनी पनि पक्राउ

साढे ३३ केजी सुन प्रकरणले एसएसपी दिवेश लोहनी पनि पक्राउ

काठमाडौं, १९ वैशाख । साढे ३३ केजी सुनकाण्डमा मुछिएका महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालिन प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी पक्राउ परेका छन् । प्रकरणको अनुसन्धान गर्न गठित समितिले उनलाई बयानका लागि बोलाएको थियो । र, मंगलबार दिउँसो उनी जिल्ला प्रहरी कार्यालय, मोरङमा उपस्थित भएका थिए । उनलाई बयानपछि पक्राउ पूर्जी थमाइएको प्रहरी स्रोतले जनाएको छ । प्रकरणमा लोहनीसहित पक्राउ...
अल्लोले फेरिएको पुनको जीवन

अल्लोले फेरिएको पुनको जीवन

काठमाडौँ, १९ वैशाख ।  लामो समयसम्म शिक्षण पेशामा संलग्न रहँदै आएनुभएकी प्रेमकुमारी पुनलाई जीवनमा कहिल्यै उद्यमी बन्छु भन्ने लागेको थिएन । २१ वर्षसम्म रोल्पाको विद्यालयमा शिक्षक पेशा गर्दै आउनुभएकी उहाँ मुलुकमा जारी सशस्त्र द्वन्द्वले पेशाबाट पलायन मात्र गराएन, पुख्र्यौली थातथलो नै छाडेर दाङमा विस्थापित बनायो । त्यतिबेला राज्य पक्ष र तत्कालीन विद्रोही माओवादीको दोहोरो मारमा परेका कारण गाउँ नै छा...
मोदी नेपाल भ्रमणमा रहँदा सीमा विवाद समाधान गर्न माग

मोदी नेपाल भ्रमणमा रहँदा सीमा विवाद समाधान गर्न माग

काठमाडौँ, १९ वैशाख ।  माओवादी पूर्व जनमुक्ति सेना, पार्टी नेपालले कञ्चनपुरलगायत जिल्लामा भारतीय पक्षबाट सिमाना मिचिएको भन्दै सीमा विवाद समाधान गर्न माग गरेको छ । भारतीय सीमा सुरक्षा बलले कञ्चनपुरमा सीमा अतिक्रमण गर्नुका साथै नेपालीमाथि दुव्र्यवहार गरेको आरोप लगाउँदै सो पार्टीले आज एक विज्ञप्तिमार्फत घटनाको निन्दा गरेको हो । सो पार्टीका अध्यक्ष रञ्जित गुरुङले विज्ञप्तिमार्फत भारतीय प्रधान...
शरणार्थी स्वदेश फिर्ता प्रक्रियामा राष्ट्रसंघीय संलग्नता म्यानमारद्वारा स्वीकार

शरणार्थी स्वदेश फिर्ता प्रक्रियामा राष्ट्रसंघीय संलग्नता म्यानमारद्वारा स्वीकार

याङ्गुन, १९ वैशाख । हाल बंगलादेशमा रहेका म्यानमारका रोहिंग्या शरणार्र्थीलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा म्यानमार र बंगलादेशलाई अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्ने भएको छ । केही समय अघि यी दुई देशबीच शरणार्थी फिर्तागर्ने सम्बन्धमा सम्झौता भएको थियो । अन्तर्राष्ट्रिय समुदायले त्यस सम्झौतालाई सहयोग गर्ने भएको बताएको छ । अन्तर्राष्ट्रिय समुदायको उक्त सहयोग म्यानमारले स्वीकार गरेको जनाएको छ । सं...
अमेरिकी नेतृत्वको सैनिक कारबाहीमा सिरियामा २५ जना मारिए

अमेरिकी नेतृत्वको सैनिक कारबाहीमा सिरियामा २५ जना मारिए

दमासकस, १९ वैशाख। अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको उत्तरतर्फ पर्ने हासाकह सहरमा मङ्गलबार गरेको आक्रमणमा परी कम्तीमा २५ जना सर्वसाधारणको मृत्यु भएको छ । लडाकू विमानबाट उक्त सहरको आवास क्षेत्रलाई लक्षितगरी मध्यान्ह हवाई आक्रमण गरेको सिरियाली सरकारी समाचार संस्था सानाले जनाएको छ । हासाकाहमै शनिबार राति पनि सैनिक कारबाहीबाटै केही बालबालिकाको मृत्यु भएको थियो । सो कुराको जानकारी यहाँको सरकारी...
हनुमानढोका दरबार क्षेत्रका अधिकांश सम्पदा पुनःनिर्माण भएनन्

हनुमानढोका दरबार क्षेत्रका अधिकांश सम्पदा पुनःनिर्माण भएनन्

काठमाडौँ, १९ वैशाख । भूकम्पको तीन वर्ष बित्दा पनि विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका दर्जनौँ सम्पदाको पुनःनिर्माण शुरु हुन सकेको छैन । पुनःनिर्माण शुरु भएका गद्दी बैठक नौतले दरबारलगायत सम्पदाको काम पनि सुस्त गतिमा भइरहेको छ । सम्पदा पुनःनिर्माण नहुँदा विदेशी पर्यटक आउन कम भएको पर्यटन व्यवसायीको भनाइ छ । बीस वर्षदेखि हनुमानढोका दरबार क्षेत्रमा पर्यटकका लागि रिक्सा चलाउँदै आउ...
धादिङमा ४ वटा सवारीसाधन ठोक्किँदा ट्रक र मोटरसाइलमा आगलागी

धादिङमा ४ वटा सवारीसाधन ठोक्किँदा ट्रक र मोटरसाइलमा आगलागी

धादिङ,१९ वैशाख। धादिङको थाक्रे गाउँपालिका–२, महादेववेसीमा चार वटा सवारीसाधन ठोक्किँदा मालवहाक ट्रक र मोटरसाइलकमा आगलागी भएको छ । बुधबार बिहान पृथ्वी लोकमार्ग अन्तरगत मलेखुबाट काठमाडौं जाँदै गरेको ना ६ ख २७८१ नम्बरको सिमेन्ट बोकेको ट्रकलाई बा ७५ प ६०५१ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको थियो । लगत्तै, ट्रक विपरित दिशाबाट आइरहेको नेपाली सेनाको गाडीमा ठोक्किएको थियो । र, सेनाको...
संसद् नियमावलीको विवादबारे निर्णायक छलफलमा समिति

संसद् नियमावलीको विवादबारे निर्णायक छलफलमा समिति

काठमाडौं, १९ वैशाख। संघीय संसद्को नियमावली एक महिनाभित्र बनाउन गठित दुई संसदीय समितिले दुई महिना पुग्न लाग्दासमेत विवाद टुंगो लगाउन सकेका छैनन् । गत २२ फागुनमा गठित प्रतिनिधिसभा नियमावली र राष्ट्रिय सभा नियमावली मस्यौदा समिति सांसद निलम्बन, समितिको संख्या र राष्ट्रिय सभा सांसदको पदावधि तोक्नेबारे विवाद यथावत् छ । दुवै समिति सभापतिले बुधबारको छलफल निर्णायक हुने बताएका छन् । प्रतिनिधिसभा नियमाव...
गर्भपतन गर्न नमानेपछि १६ वर्षीया प्रेमिकाको हत्या

गर्भपतन गर्न नमानेपछि १६ वर्षीया प्रेमिकाको हत्या

अछाम, १९ वैशाख। अछाममा एक प्रेमीले गर्भवती प्रेमिकाको हत्या गरेका छन्। जिल्लाको पञ्चदेवल नगरपालिका– ९ भानाकोटका तिलक बटालाले प्रेमिका १६ वर्षीया उर्मिला टमट्टाको हत्या गरेका हुन्। लामो समयदेखि यौनसम्बन्ध राख्दै आएका तिलकले उर्मिलालाई गर्भपतन गर्न दबाब दिएका थिए। उर्मिलाले गर्भपतन गर्न  मानेकी थिइनन्। बिहे गर्ने भन्दै यही वैशाख १५ गते साँझ तिलकले उर्मिलालाई भगाएका थिए। उनले घर नजिकैको  जंगलमा र...
श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु

श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु

लहान, १९ वैशाख ।  आफ्नै श्रीमान्को कुटाइबाट गएराति सिरहाको गोलबजार नगरपालिकामा एक महिलाको मृत्यु भएको छ । गोलबजार नगरपालिका–७ चोहर्वा निवासी ३५ वर्षीय कृष्ण शर्माको कुटाइबाट उनकी २३ वर्षीया श्रीमती प्रभादेवी शर्माको मृत्यु भएको माइती पक्षले आरोप लगाएका छन् । मरणासन्न हुने गरी गएराति कुटपिट गर्दा बेहोस भएकी प्रभालाई उपचारका लागि कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्...
अपांगता भएकालाई बाख्रा वितरण

अपांगता भएकालाई बाख्रा वितरण

दाङ, १९ वैशाख । तुलसीपुर उपमहानगरपालिका–४ ले मंगलबार अपांगता भएकालाई बाख्रा वितरण गरेको छ । अपांगलक्षित कार्यक्रमअन्तर्गत अपांगता भएकालाई आयआर्जनका लागि भनेर वडाले बाख्रा वितरण गरेको वडाध्यक्ष बालकृष्ण रानाले बताए । मंगलबार तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले ३४ जना अपांगलाई बाख्रा वितरण गरेका हुन् । पाण्डेले विपन्न वर्गलाई लक्षित गरेर आधुनिक र उन्नत जातका बोकासमेत उपलब...
विद्यालय सारेर खुला आकाशमुनि पढाई

विद्यालय सारेर खुला आकाशमुनि पढाई

पाल्पा, १९ वैशाख। शिक्षा ऐन नियमावलीलाई मिचेर मनपरि विद्यालय स्थानान्तरण गरेर खुला आकाशमुनि विद्यार्थीलाई राखेर पठनपाठन गराइएको छ । पाल्पाको रामपुर नगरपालिका–२, कागतीडाँडाको कालिका प्राथमिक विद्यालयका विद्यार्थीको शैक्षिक अवस्था देख्दा अझै पनि शिक्षा परम्परावादी सोचमा अल्झिएको अनुभूति हुन्छ । न्यून विद्यार्थीका कारण गाभिन लागेको यस विद्यालयमा गतवर्ष आठजना विद्यार्थी वार्षिक परीक्षामा सहभागी भए...
डोल्पाका विद्यार्थी यार्सा खोज्न पाटनतिर

डोल्पाका विद्यार्थी यार्सा खोज्न पाटनतिर

डोल्पा, १८ वैशाख । बहुमूल्य जडीबुटी यार्सागुम्बा याम शुरु भएसँगै हिमाली जिल्ला डोल्पाका अधिकांश विद्यालयमा विद्यार्थी संख्या घटेको छ । यस वर्ष जेठ १ गतेभित्रै यार्सागुम्बा पाटनहरु खुला गरिने भएपछि विद्यालय जान छाडेर विद्यार्थी यार्सागुम्बा संकलनको पूर्व तयारीमा जुट्न थालेका कारण डोल्पाका विद्यालयमा विद्यार्थी उपस्थिति न्यून बनेको हो । नियमित कक्षा छाडेर विद्यार्थी यार्सागुम्बा संकलनका लागि ध...
पोर्चुगलको सडकमा बुद्धका शान्ति सन्देश

पोर्चुगलको सडकमा बुद्धका शान्ति सन्देश

लिस्बन, १८ वैशाख । युरोपेली मुलुक पोर्चुगलमा गौतम बुद्धको शान्ति सन्देश प्रतिध्वनित गरिएको छ । २५६२ औं बुद्ध जयन्तीको अवसर पारेर राजधानी लिस्वनमा शान्ति शोभायात्रा निकाली नेपाली समुदायले गौतम बुद्धको शान्ति सन्देश प्रवाह गरेका हुन् । सोमबार यहाँ आयोजना गरिएको बृहत् शोभायात्राले राजधानी लिस्बनका मुख्य सडक नेपालमय नै बनेको थियो । बुद्धका तस्वीर, प्लेकार्ड, बुद्ध वाणी र नेपालको राष्ट्रिय झण्डा सहि...
उत्तर कोरियाको आणविक कार्यक्रम रोक्ने तयारी

उत्तर कोरियाको आणविक कार्यक्रम रोक्ने तयारी

सोल, १८ वैशाख। उत्तर र दक्षिण कोरियाबीच गतहप्ता भएको सहमति बमोजिम उत्तर कोरियाले आफ्नो देशभित्र हुदै आएको आणविक कार्यक्रम रोक्ने भएको छ । उत्तर कोरियाली अधिकारीहरुले आणविक उत्पादन र जथाभावी परीक्षणको कार्यक्रम रोक्ने तयारी गरिरहेको जानकारी एकजना उत्तर कोरियाली अधिकारीले दिएका छन् । दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको उत्तर कोरियाविरुद्ध प्रचार प्रसार गर्ने कार्यालय मङ्गलबारदेखि हटाए...
तीन वर्ष बित्दा पनि शुरु भएन गोरखा दरबार पुनःनिर्माण

तीन वर्ष बित्दा पनि शुरु भएन गोरखा दरबार पुनःनिर्माण

गोरखा, १८ वैशाख । माथिबाट जस्ताको अग्लो ट्रसले ढाकिएको छ, भूमिमा खाल्डो खनेर १४ फिट गहिरो बनाइएको छ, पानी पर्दा भल खाल्डोमा छिर्ने निश्चित छ । खाल्डामा ठूलाठूला ढुंगा देखिएको छ । यो परिसरलाई हरियो तारजालीले घेरेर राखिएको छ । यो चित्र भूकम्पले क्षतिग्रस्त ऐतिहासिक गोरखा दरबारको हो । राजा राम शाहको शासनकालमा बनेको यो दरबारमा आधुनिक नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहसम्मले शासन गर्नुभएको थियो । ए...
छ महिनामा खनियो चार किलोमिटर सुरुङ, पर्यटकीयस्थल बन्दै आयोजना

छ महिनामा खनियो चार किलोमिटर सुरुङ, पर्यटकीयस्थल बन्दै आयोजना

काठमाडौँ, १८ वैशाख । नयाँ प्रविधि प्रयोग गरेर विकास निर्माणको काम अगाडि बढाउँदा सोचेभन्दा बढी प्रगति हासिल हुन सक्छ भन्ने उदाहरण बनेको छ भेरी बबई डाइभर्सन आयोजना । पहिलो पटक टनेल बोरिङ मेशिन (टिबिएम) प्रयोग गरेर निर्माण शुरु भएको सो आयोजनाको छ महिनाभित्र कूल १२ किलोमिटर लामो सुरुङमध्ये चार किलामिटर सुरुङ निर्माण सम्पन्न भएको छ । हालकै गतिमा आयोजना अगाडि बढेको खण्डमा आगामी छ महिनाभित्र थप च...
भारतीय प्रधानमन्त्री सीधै जनकपुर आउने

भारतीय प्रधानमन्त्री सीधै जनकपुर आउने

काठमाडौँ, १८ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ देखि हुने तय भएको भनिएको नेपालको औपचारिक भ्रमणका क्रममा उहाँ भारतको पटनाबाट सीधै जनकपुर आउनुहुने भएको छ । सो दिन मोदी सवार विमान धनुषाको जनकपुरस्थित बाह्र बिघामा अवतरण हुने, त्यहाँ नेपाल सरकारका एक वरिष्ठ मन्त्रीले स्वागत गर्ने र त्यसपछि धार्मिकस्थल जानकी मन्दिरमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओली र मोदीले संयुक्त रुपमा र...
समृद्धि र समुन्नतिको जनअपेक्षा पूरा गर्नुपर्छः दाहाल

समृद्धि र समुन्नतिको जनअपेक्षा पूरा गर्नुपर्छः दाहाल

काठमाडौँ, १८ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थिरता, विकास तथा समृद्धि र समुन्नतिको जनअपेक्षा पूरा गर्नुपर्ने बताउनुभएको छ । बबरमहलस्थित नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको केन्द्रीय कार्यालय भवन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै अध्यक्ष दाहालले अब विकास र निर्माणले गति लिने विश्वास व्यक्त गर्नुभयो । जनयुद्ध र शान्ति प्रक्रियामार्फत देशमा ठूल...
हुनेखाने र हुँदा खानेबीचको सम्बन्ध ‘मितेरी कार्यक्रम’

हुनेखाने र हुँदा खानेबीचको सम्बन्ध ‘मितेरी कार्यक्रम’

रत्ननगर, चितवन, १८ वैशाख । चितवनको कालिका नगरपालिकास्थित विकट गाउँ शक्तिखोर, लटौली, सम्फर्याङ तथा मैतेशका चेपाङलाई खानेपानीको साह्रै सकस थियो । बालबालिकालाई कापी, कलम र झोला किन्नसमेत चेपाङलाई समस्या हुन्छ । नारायणगढका फेन्सी व्यवसायीले उनीहरुको समस्या बुझेर सोमबार दुई हजार ३०० मिटर खानेपानी पाइप उपलब्ध गराए । स्थानीय सुकमान प्रजाको घर जलेकाले उनको घर छाउनका लागि २० पाता जस्ता पनि सहयोग भयो । ब...
थाइल्याण्डका सैनिक प्रमुख नेपाल आउँदै

थाइल्याण्डका सैनिक प्रमुख नेपाल आउँदै

काठमाडौँ, १८ वैशाख । प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा थाइल्याण्डको रोयल थाई आम्र्ड फोर्सका प्रमुख तार्नचाइयान सिशुवान बुधबार नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । नेपाल भ्रमणमा रहँदा उहाँले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम रहेको नेपाली सेना, जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उहाँले प्रधानसेनापति क्षत्रीसँग जङ्गीअड्डामा भेटवार्ता र पाँ...
बुद्ध जयन्तीको अवसरमा इस्लामावादमा निकालियो शान्ति पदयात्रा

बुद्ध जयन्तीको अवसरमा इस्लामावादमा निकालियो शान्ति पदयात्रा

काठमाडौँ, १८ वैशाख । पच्चीस सय ६२औँ बुद्धजयन्तीका अवसरमा सोमबार पाकिस्तानको राजधानी इस्लामावादमा शान्ति पदयात्रा आयोजना गरिएको छ । कार्यक्रममा इस्लामावाद महानगरका प्रमुख शेख अन्सर अजिजले शान्ति पदयात्राजस्ता कार्यक्रम आयोजनामा नेपाली दूतावासलाई महानगरबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । इस्लामावादको सबैभन्दा विशाल उद्यान फातिमा जिन्हा उद्यानमा आयोजित शान्ति पदयात्रामा पाकिस्तान...
दुई कोरियाबीचको शान्ति सम्झौता कार्यान्वयन सुरु, दक्षिण कोरियाले उत्तर कोरियाविरुद्धको प्रचार कार्यालय हटायो

दुई कोरियाबीचको शान्ति सम्झौता कार्यान्वयन सुरु, दक्षिण कोरियाले उत्तर कोरियाविरुद्धको प्रचार कार्यालय हटायो

सोल, १८ वैशाख । दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको उत्तर कोरियाविरुद्ध प्रचार प्रसार गर्ने कार्यालय मङ्गलबारदेखि हटाएको छ । उक्त प्रचार संयन्त्रको कार्यालय सीमा क्षेत्रबाट हटाउने जानकारी दक्षिण कोरियाले सोमबार नै गराएको थियो । दक्षिण कोरियाको सैनिक स्रोतलाई उद्धृतगर्दै दिइएको समाचारमा सीमा क्षेत्रबाट उक्त कार्यालय मङ्गलबार हटाइएको बताइएको छ । उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा ...
राष्ट्रिय युवा परिषद्ले एक प्रदेश एक नमूना गाउँ बनाउने

राष्ट्रिय युवा परिषद्ले एक प्रदेश एक नमूना गाउँ बनाउने

काठमाडौँ, १८ वैशाख । राष्ट्रिय युवा परिषद्ले यस वर्ष ‘एक प्रदेशमा एक नमूना गाउँ’ बनाउने तयारी गरेको छ । सातवटै प्रदेशमा एक–एक नमूना गाउँ बनाउने तयारी गरिएको परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले बताए । सो कार्यका लागि आगामी आर्थिक वर्षको बजेटमा रकम छुट्याइने तयारी भएको छ । एउटा गाउँका युवालाई एकीकृत गरेर युवाका कार्यक्रम सञ्चालन गर्नका लागि नमूना गाउँ बनाउन थालिएको जानकारी दिए। “सरकारी, ...
अध्यक्ष प्रचण्डसँग इजरायली राजदूतको शिष्टाचार भेटवार्ता

अध्यक्ष प्रचण्डसँग इजरायली राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ, १८ वैशाख। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग इजरायलका राजदूत बेन्नी ओमरले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अध्यक्ष निवास खुमलटारमा आज भएको भेटमा अध्यक्ष प्रचण्डले इजरायलले कृषि क्षेत्रमा गरेको प्रगति नेपालको आर्थिक समृद्धिका लागि अनुकरणीय कार्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको आर्थिक समृद्धि कृषिमा आधारित उद्योगको विकासबाट मात्र सम्भव छ र त्यस...
एउटा कुवाको भरमा दुईसय परिवार

एउटा कुवाको भरमा दुईसय परिवार

रामपुर, पाल्पा, १८ वैशाख। पाल्पाको रामपुर नगरपालिका दर्छाका वडा नं ३ र ४ का माथिल्लो भेगका स्थानीयवासी वर्षौंदेखि चरम खानेपानीको समस्यामा छन् तर अहिलेसम्म उनीहरुको गुनासो सुनिदिने कुनै निकाय छैन । गाउँमा रहेको एक मात्र धबादी कुवाबाट मौलाथर, बाँझोबारी, टुभाक, पुरनथरलगायतका २०० एक घरपरिवारका स्थानीयवासीले निकै कष्टसँग खानेपानी उपभोग गर्दै आइरहेको वडा नं ४ का वडासदस्य तीर्थबहादुर रानाले बताउनुभयो ...
प्रधानमन्त्री मोदीको नेपाल भ्रमण धार्मिक र सांस्कृतिकः गृहमन्त्री

प्रधानमन्त्री मोदीको नेपाल भ्रमण धार्मिक र सांस्कृतिकः गृहमन्त्री

जनकपुरधाम, १८ वैशाख । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ गते हुने नेपाल भ्रमण धार्मिक र सांस्कृतिक हुने बताउनुभएको छ । भारतीय प्रधानमन्त्री मोदीले पूजाअर्चना गर्ने जानकी मन्दिर र नागरिक अभिनन्दन गरिने बाह्र बिगाहाको स्थलगत निरीक्षणपछि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री बादलले सो जानकारी दिनुभएको हो । उहाँले भारतीय प्रधानमन्त्री मोदीले ...
शेयरमा लगानी गर्दैहुनुहुन्छ? सफलहुन यी कुरामा ध्यान दिनुहोस

शेयरमा लगानी गर्दैहुनुहुन्छ? सफलहुन यी कुरामा ध्यान दिनुहोस

थारै समयमा प्रशस्त पैसा कमाउने रहर कसलाई पो हुदैन । यदि तपाई पनि यस्तै पैसा कमाउने बिषयमा सोचिरहनु भएको छ भने तपाईका केहि सहि निर्णय तथा धैर्यताले त्यो गन्तब्य सम्म पुग्न सजिलो बन्न सक्छ । त्यसका तपाईले सोचे जस्तो ठूलै रकमबाट लगानी थाल्नुपर्छ भन्ने कुनै जरुरी हुँदैन । तपाई थोरै लगानीबाट नै सुरुवात गरेर समेत धनी बन्न सक्नुहुन्छ । तर, तपाईले सेयर बजारको केही आधारभूत नियमको बिषयमा भने पक्कै विशेष ...
error: Content is protected !!