राष्ट्रियसभा उपाध्यक्ष दाहालद्वारा दुई बालबालिकाको अभिभावकत्व ग्रहण
रत्ननगर, चितवन, १७ वैशाख । राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालले चितवनको रत्ननगरका दुई बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ । उहाँले एक जना चेपाङ र एकजना दलित विद्यार्थीको अभिभावकत्व ग्रहण गर्नुभएको हो ।
आइतबार रत्ननगरस्थित गामबेँशी चेपाङ संरक्षण केन्द्रमा आयोजित कार्यक्रममा इच्छाकामना गाउँपालिका–१ काउलेकी सात वर्षीया मायाँ चेपाङलाई उहाँले कक्षा १ मा भर्ना गराउनुभयो ।
यस्तै रत्ननगरको जनजाग...





























