अनलाइनखबर

काठमाडौं, ३ वैशाख। साढे ३३ केजी सुन हराएपछि चुडामणि उप्रेती ‘गोरे’ सहितको समूहले तस्करीमा संलग्नहरुलाई याताना दिएको भिडियो फेला परेको छ ।

Advertisement

सुन हराएपछि उनले तस्करीमा संलगनहरुलाई नियन्त्रणमा दिएर विभिन्न ठाउँमा लगेर यातना दिएका थिए । गोरेले यातना दिने क्रममा भिडियो समेत खिचेका थिए ।

त्यही क्रममा सन शाक्यको मृत्यु भएपछि सुन तस्करी सार्वजनिक भएको थियो ।

सुन कस्तरीको मुद्दामा जिल्ला अदालत मोरङमा बहस जारी छ । ३० वैशाखामा थुनछेक बहसका क्रममा यो भिडियो देखाउन खोजिएको पनि थियो । तर, अभियुक्त पक्षका कानुन व्यवसायीहरुले विरोध गरेपछि भिडियो रोकिएको थियो ।

भिडियोमा गोरे समूहले उर्लाबारी, धरान लगायत विभिन्न ठाउँमा यातना दिएको देख्न सकिन्छ ।

भिडियोमा गोरेले सनम शाक्य लगायतलाई करेन्ट लगाएको यातना दिएको देखिन्छ । उर्लाबारी नगरपालिका–१, कान्छीचौकदेखि उत्तरतर्फ तीन किलोमिटरभित्रको घना जंगलमा सनम शाक्य लगायतलाई यातना दिइएको थियो ।

तीन जनालाई हातखुट्टा बाँधेर भुइँमा लडाएपछि ब्याट्री र तार प्रयोग गरेर करेन्ट लगाइएको थियो ।

गोरे समूहका मोहन काफ्लेले कुटपिट गर्दै ‘सुन कहाँ छ भन्छस भने भन् नत्र यही पेट्रोल समेत खन्याई जलाएर मारिदिन्छु’ भन्दै यातना दिएको समेत खुलेको छ ।

उनीहरुले कान्छी चोकमा पाइपले कुट्दै करेन्ट लगाउँदा सनमको मृत्यु भयो । लगतै गोरेले प्रहरी अधिकारीलाई लाश व्यवस्थापन गर्न ‘५ करोड’ को अफर गरेका थिए ।

त्यसक्रममा महानगरीय अपराध अनुसन्धान महाशाखाको टोली पूर्व गएको थियो र, धरानबाट शव बरामद गरेको थियो । यद्यपि, घटना सार्वजनिक गर्दा बिराटनगरमा बरामद भएको बताइयो । र, पक्राउ परेकाहरुले आफैं समेत पीडित भएको बयान दिएपछि छानबिन गर्न सरकारले समिति गठन गरेको थियो । त्यसक्रममा गोरे समूहले ३८ क्वीन्टल सुन तस्करी गरेको खुलेको थियो ।

सुन तस्करी प्रकरण र सनम शाक्य हत्या प्रकरणमा ६३ जनाविरुद्ध जिल्ला अदालत, मोरङमा मुद्दा दायर भएको छ । जसमा बहालवालासहित ९ प्रहरी अधिकारी छन् ।

हेर्नुस् भिडियो..

https://www.facebook.com/onlinekhabarnews/videos/1789158171142696/

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!