डोल्पामा ‘धामी र लामा’ले मदिरा नियन्त्रण गर्न सघाउँदै

डोल्पामा ‘धामी र लामा’ले मदिरा नियन्त्रण गर्न सघाउँदै

दुनै, डोल्पा, ३ जेठ । जिल्लामा पछिल्लो समय धामी र लामाले मदिरा नियन्त्रणमा उल्लेख्य भूमिका खेलेका छन् । संस्कार र धर्मका नाममा मदिराको प्रयोग बढ्दो क्रममा रहेको बेलामा गाउँगाउँमा धामी र लामाले मदिरा नियन्त्रण गर्न थालेका हुन् । गृह मन्त्रालयको लागूऔषध अपराध विशेष मदिरा नियन्त्रण र नियमन विशेष अभियान अन्तर्गत देशभरका ७७ वटै जिल्लामा कार्यान्वयन गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम भइरहेका छन् । ड...
मदन-आश्रितको स्मृतिमा दासढुङ्गामा श्रद्धाञ्जलि सभा

मदन-आश्रितको स्मृतिमा दासढुङ्गामा श्रद्धाञ्जलि सभा

चितवन, ३ जेठ । २०५० साल जेठ ३ गते नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको जिप दुर्घटना भएको स्थल दासढुंगामा आज विहान उहाँहरुको २५ औँ स्मृति दिवसको अवसरमा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरियो । नेकपा (एमाले) चितवनले आयोजना गरेको सो कार्यक्रममा सांसद कृष्णभक्त पोखरेल, प्रदेश ३ का कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, एमाले नेता केशवलाल श्रेष्ठ, नेकपा (...
११७ दिनमा सातै महादेशका शिखर चढेर किर्तिमान

११७ दिनमा सातै महादेशका शिखर चढेर किर्तिमान

अष्ट्रेलियाका एक पर्वतारोहीले केवल १ सय १७ दिनमा सातै महादेशका सर्वोच्च शिखरको आरोहण गरी दुर्लभ विश्व किर्तिमान कायम गरेका छन् । ३६ वर्षका स्टिभ प्लेनले सोमबार विश्वको अग्लो शिखर सगरमाथा आरोहण गरेसँगै यस्तो किर्तिमान कायम गरेका हुन् । योसँगै उनी सबैभन्दा छोटो समयमा सात महादेशका सर्वोच्च शिखर चढ्ने मानिसको रेकर्ड आफ्नो नाममा पारे । यसअघि यो किर्तिमान पोल्याण्डका जानुस्ज कोचांस्कीको नाममा थियो ...
कामचोर ठेकेदार अब प्रहरी खोरमा

कामचोर ठेकेदार अब प्रहरी खोरमा

काठमाडौँ, ३ जेठ । गृहमन्त्री रामबहादुर थापाले सडक, पुललगायत निर्माण ठेक्का लिएर तोकिएको समयमा काम सम्पन्न नगर्ने तथा कमसल काम गर्ने ठेकेदारलाई पक्राउ गर्न निर्देशन दिएका छन् । गृह मन्त्रालयमा बुधबार सरोकारवाला निकायसँग छलफल गरेपछि गृहमन्त्री थापाले समयमा काम सम्पन्न गर्न आलटाल गर्ने ठेकेदारलाई तत्काल पक्राउ गरी कारबाही प्रक्रियामा ल्याउन निर्देशन दिएको नागरिक दैनिकमा खबर छ । समाचार अनुसार गृहम...
अाज जननेता मदन भण्डारीको २५ अाैँ स्मृति दिवस मनाइदै

अाज जननेता मदन भण्डारीको २५ अाैँ स्मृति दिवस मनाइदै

काठमाडौँ, ३ जेठ । नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको बिहीबार २५ वर्ष पुगेको छ । एमाले र उसका भ्रातृ संगठनहरुले विभिन्न कार्यक्रम गरी मदन आश्रित स्मृति दिवस मनाउँदैछन् । २०५० साल जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा मदन आश्रितको निधन भएको थियो । रहस्यमय मानिने दुर्घटनाबारे अहिलेसम्म भएका छानबिनले कुनै तथ्य निकाल्न सकेका छैनन् । दुर...
खाजा खाएर दुई हजार नक्कली नोट तिर्दा…

खाजा खाएर दुई हजार नक्कली नोट तिर्दा…

काठमाडौँ, २ जेठ । काठमाडौँका विभिन्न स्थानबाट रु दुई करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित छ जनालाई पक्राउ गरिएको छ । महानगरीय प्रहरी परिसरअन्तर्गतको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको सक्रियतामा उक्त रकमसहित सुर्खेतका महेन्द्र बोगटी, सिन्धुलीका सुजित तामाङ, साजन तामाङ, काठमाडौँका माधवराज वाग्ले, धादिङका प्रकाश सुवेदी र भक्तपुरका विवेक नापीतलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिस...
दुई करोड ६० लाख नक्कली नोटसहित छजना पक्राउ

दुई करोड ६० लाख नक्कली नोटसहित छजना पक्राउ

काठमाडौँ, २ जेठ । प्रहरीले रु दुई करोड ६० लाख ८६ हजार नक्कली नेपाली नोटसहित तीन दिनभित्र छजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले तीन दिनभित्र छ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई आजै साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले जनाएको छ ।
कामी रिताले बनाए विश्व कीर्तिमान

कामी रिताले बनाए विश्व कीर्तिमान

काठमाडौँ, २ जेठ । सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कामी रिता शेर्पाले विश्व कीर्तिमान कायम गर्नुभएको छ । आरोहणको चौथो दिन शेर्पाले २२ पटक सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको हो । यस वर्षको वसन्त ऋतुमा उहाँसहित ६० भन्दा बढी आरोहीले सगरमाथा (८,८४८ मिटर) हिमालको सफल आरोहण गरिसकेको वेस क्याम्पस्थित सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । मंगलबार मौसमी खराबीक...
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप तयार

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप तयार

भक्तपुर, २ जेठ । सरकारले सीपयुक्त र चरित्रवान नागरिक तयार पार्ने उद्देश्यले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप तयार पारेको छ । पाठ्यक्रम विकास केन्द्र सानोठिमीले शिक्षा ऐनको आठौं संशोधन, संघीय संरचना र कक्षा ११/१२ लाई विद्यालय शिक्षामा राखेपछि नयाँ पाठ्यक्रम प्रारुप तयार पार्दै केन्द्रले सुझाव संकलन शुरु गरेको छ । पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले म...
आधा किलोग्राम सुनसहित दुई भारतीय पक्राउ

आधा किलोग्राम सुनसहित दुई भारतीय पक्राउ

भीमदत्तनगर, २ जेठ ।  कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको टोलीले आज बिहान पश्चिमी नाकामा ४९६ ग्राम सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको हरियाणाका जीतेन्द्र सैनी र सुरेशकुमार रहेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कञ्चनपुर भन्सार कार्यालयका प्रमुख मदन दाहालले भन्सारको टोलीले सुनसहित भारतीय नागरिक पक्राउ गरेको र ती अभियुक्तलाई भन्सार ऐन–२०६४ अनुसार कारबा...
मुख्यमन्त्रीको लालबाबु राउतको राजीनामा माग

मुख्यमन्त्रीको लालबाबु राउतको राजीनामा माग

काठमाडौँ, २ जेठ। नेकपा (माले) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका समयमा प्रदेश नं २ का मुख्यमन्त्री लालबहादुर राउतले संविधानको विरोध गर्नु, राष्ट्रभाषा नेपाली वा प्रदेशका बहुसंख्यक जनसमुदायको मातृभाषा मैथिलीमा नभएर हिन्दी भाषामा अतिथिको अभिनन्दन गरेकामा मुख्यमन्त्रीको राजीनामा माग गरेको छ । पार्टीका महासचिव सिपी मैनालीले मंगलबार जारी गर्नुभएको विज्ञप्तिमा सरकारले संविधानबमोजिम बनेको...
हराएको मकालुको विमान दुर्घटनाग्रस्त, चालक दलका दुवै सदस्यको मृत्यु

हराएको मकालुको विमान दुर्घटनाग्रस्त, चालक दलका दुवै सदस्यको मृत्यु

सुर्खेत, २ जेठ । सुर्खेतबाट हुम्लाको सिमीकोटका लागि उडेपछि सम्पर्कविहिन भएको मकालु एयरको कार्गो विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । विमान टुक्राटुक्रा भएको र विमानमा सवार चालक दलका दुई सदस्यको निधन भएको कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुरेशविक्रम शाहले जानकारी दिए । सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोटका लागि आज बिहान ६ः१६ बजे उडेको मकालु एयरको ढल् ब्ग्व् कार्ग...
मकालु एयरको विमान अझै बेपत्ता, बाजुरामा भेटिएको भन्ने खबर झुट

मकालु एयरको विमान अझै बेपत्ता, बाजुरामा भेटिएको भन्ने खबर झुट

काठमाडौं, २ जेठ । सुर्खेतबाट हुम्लाको सिमीकोटका लागि अज विहान उडेको मकालु एयरको कार्गो विमान अझै सम्पर्कविहीन छ । मकालु एयरको कार्गो विमान आज बिहान ६ः१६ बजे सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोटका लागि उडेपछि सम्पर्कविहीन भएको कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुरेशविक्रम शाहले जानकारी दिए । विमान सिमीकोट आइनपुगेकाले खोजीका लागि हेलिकप्टरको परिचालन गरिएको नागरिक उड्डयन कार्...
भारतमा निर्माणाधीन आकासे पुल भत्किँदा कम्तीमा १२ जनाको मृत्यु

भारतमा निर्माणाधीन आकासे पुल भत्किँदा कम्तीमा १२ जनाको मृत्यु

नयाँ दिल्ली, भारत, १ जेठ। उत्तर भारतमा सडकमाथि निमार्णाधीन आकासे पुल मङ्गलबार भत्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य केही व्यक्ति भग्नाबशेषमा फसेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । वाराणसी जिल्लाको सेनाको अस्थायी शिविर रहेको क्षेत्रमा निर्माण हुँदै गरेको आकासे पुल भत्किएको र उक्त घटना उत्तर प्रदेशको राजधानी लखनऊबाट ३०६ किलोमिटर दक्षिणपूर्वमा भएको हो । भारतीय अधिकारीका अनुसार निर्म...
उत्तर कोरियाद्वारा दक्षिणसँगको उच्चस्तरीय वार्ता रद्द

उत्तर कोरियाद्वारा दक्षिणसँगको उच्चस्तरीय वार्ता रद्द

काठमाडौं,२ जेठ  । उत्तर कोरियाले दक्षिण कोरियासँगको उच्चस्तरीय वार्ता रद्द गरेको छ । अमेरिकासँग दक्षिण कोरियाले गरेको संयुक्त सैन्य अभ्यासबाट रुष्ट बनेको उत्तरकोरियाले दक्षिणसँगको उच्चस्तरीय वार्ता रद्द गरेको घोषणा गरेको उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएले जनाएको छ । यसअघि, बुधबार दुई कोरियाबीच उच्चस्तरीय वार्ता हुने तय भएको थियो । अमेरिका र दक्षिण कोरियाले १९५३ को द्धिपक्षीय सम्झौत...
मकालुको बेपत्ता विमान बाजुरामा भेटियो

मकालुको बेपत्ता विमान बाजुरामा भेटियो

काठमाडौं, २ जेठ । मकालु एयरको सम्पर्कविहीन विमान बाजुरामा भेटिएको छ । सुर्खेतबाट सिमिकोटका लागि उडेर सम्पर्कविहीन विमान केहीबेरअघि बाजुराको बगरमा भेटिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । क्षेत्रीका अनुसार, चालक दलका दुवै सदस्य सकुशल छन् । ‘सम्पर्कविहीन विमानले बाजुराको एक नदी किनारामा आपतकालीन ल्यान्ड गरेको जानकारी आएको छ’ ।‘विमानमा रहेका चालक दलका दुवै सदस्य...
नगर प्रमुखलाई मार्न खोज्ने बिप्लवका कार्यकर्ता पक्राउ

नगर प्रमुखलाई मार्न खोज्ने बिप्लवका कार्यकर्ता पक्राउ

काठमाडौं, २ जेठ। मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने मुख्य योजनाकार कुशल बोगटीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । मध्यपुरथिमि गठ्ठाघरस्थित आफ्नै निवासमा गत वैशाख ८ गते मध्यपुर थिमि नपाका नगरप्रमुख श्रेष्ठलाई सांघातिक आक्रमण गरी घाइते बनाउने मुख्य योजनाकार नेकपा बिप्लव समूहका कार्यकर्तामध्येका मुख्य योजनाकार बोगटी पक्राउ परेका हुन् । महानगरीय प्रहरी अपराध महाशाख...
आज देखि मलमास सुरु,आस्था अनुसार के गर्न हुने र के नहुने ?

आज देखि मलमास सुरु,आस्था अनुसार के गर्न हुने र के नहुने ?

काठमाडौँ,२ जेठ। आज देखि मलमास सुरु भएको छ। बिहीबार सुरु भई जेठको ३० गतेसम्म रहनेछ। चन्द्रमाको तिथिको घडीपला बढी भएर बन्ने अतिरिक्त महिनालाई अधिकमास वा मलमास भनिन्छ। एउटा महिनामा दुईवटा औँसी पर्दा त्यो महिना मलमास हुने पुराणवाचक पं। बालमुकुन्द देवकोटा बताउँछन्। ‘एकै महिनामा दुईवटा औँसी पर्नु वा दुई औँसीको बीचमा संक्रान्ति नपर्नु नै अधिकमास हो’, भन्छन्, चन्द्रमाको घडी पला हुँदै जम्मा हुने महिना न...
मुख्यमन्त्री राउतको अभिव्यक्तिलाई लिएर प्रदेशसभामा चर्काचर्की

मुख्यमन्त्री राउतको अभिव्यक्तिलाई लिएर प्रदेशसभामा चर्काचर्की

महेन्द्रनगर, धनुषा, १ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाममा गरिएको नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्री लालबाबु राउतले दिनुभएको अभिव्यक्तिप्रति आज प्रदेश नं. २ का प्रदेशसभा बैठकमा चर्काचर्की भएको छ । मुख्यमन्त्रीको अभिव्यक्तिलाई लिएर बैठकमा नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्यले खुलेर विरोध जनाएका थिए भने मधेश केन्द्रित दल संघीय समाजवादी फोर...
सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौँ, १ जेठ । सर्वोच्च अदालतले जनप्रतिनिधिले छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने चापाकोट नगरपालिका (स्याङ्जा) को निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । कामु प्रधानन्यायाधीश दीपकराज जोशीको एकल इजलासले सोमबार जनप्रतिनिधिले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने सो नगरपालिका शिक्षा समितिको गत चैत १५ गते र गत वैशाख २ गते गरेको निर्णय...
मोदीले धम्की दिएको भन्दै मनमोहनले लेखे राष्ट्रपतिलाई पत्र

मोदीले धम्की दिएको भन्दै मनमोहनले लेखे राष्ट्रपतिलाई पत्र

काठमाडौं, १ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पार्टी नेतृत्वलाई धम्की दिएको भन्दै भारतीय कंग्रेसमा हल्लखल्ली मच्चिएको छ । भारतको दक्षिण पश्चिमी राज्य कर्नाटकको हुबहीमा मे ५ मा आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीले कांग्रेस आईको नेतृत्व विरुद्ध मन्तव्य दिएका थिए । प्रधानमन्त्री मोदीले पार्टी नेतृत्वमाथि नै धावा बोलेपछि भारतीय पूर्वप्रधानमन्त्री एवम् कांग्रेस आइका नेता मनहोहन सिंहले प...
बहुविवाह गर्ने कर्मचारीको जागिर चैट हुने

बहुविवाह गर्ने कर्मचारीको जागिर चैट हुने

काठमाडौँ, १ जेठ । कर्मचारीले बहुविवाह गरेमा वा मदिरासेवन गरी पटकपटक कार्यालयमा आएमा त्यस्ता कर्मचारी बर्खास्त हुने प्रावधान राख्दै सरकारले संघीय निजामती सो ऐन २०७५ को मस्यौदा गरेको छ। शेरबहादुर देउवा नेतृत्वको अघिल्ले सरकारले तयार गरेको सो ऐनको मस्यौदामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छलफल अघि बढाएको छ। मन्त्रालयअनतरगत संघीय तथा कानुन शाखाले चारदिनअघिदेखि छलफल प्रारम्भ गरेको मन्त्...
भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले जनकपुरलाई पर्यटकीय गन्तव्य बनाउन मद्दत

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले जनकपुरलाई पर्यटकीय गन्तव्य बनाउन मद्दत

जनकपुरधाम, १ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम आगमनबाट यहाँको पर्यटकीय विकासमा आशाको किरण छाएको छ । माता जानकीप्रति उहाँकोे आस्था, मिथिला र मैथिलीको गरिमाबारे चर्चा, जनकपुरधाम–अयोध्या बस सेवाको थालनी र रामायण सर्किटको घोषणाले यहाँको पर्यटकीय विकासमा आशाको किरण छाएको हो । जानकी मन्दिरका महन्त रामतपेश्वर दासका अनुसार भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्...
बस दुर्घटना हुँदा ५० जनाभन्दा बढी यात्रु घाइते

बस दुर्घटना हुँदा ५० जनाभन्दा बढी यात्रु घाइते

गौशाला, १ जेठ । महोत्तरी जिल्लाको भिठ्ठामोड–जनकपुर सडकखण्डमा आज बस दुर्घटना हुँदा ५० जनाभन्दा बढी यात्रु घाइते भएका छन् । ज १ ख ७०१ नंको यात्रुवाहक बस महोत्तरीको भिठ्ठामोडबाट जनकपुर गइरहेका क्रममा आज अपराह्न १२.३० बजेतिर जलेश्वर नगरपालिका– ९ स्थित परिकौली चोक नजीकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभयो । घाइतेमध्ये जलेश्वर–९ का असरफ राइनको ब...
प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण : नेकपाका दुई कार्यक्रर्ता पक्राउ

प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण : नेकपाका दुई कार्यक्रर्ता पक्राउ

त्रिपुराकोट, डोल्पा १ जेठ । प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गर्ने नेकपाका दुई कार्यक्रर्ता पक्राउ परेकाछन् । पक्राउ पर्नेमा सुर्खेत तातोपानीका नरबहादुर राना र अवलचिङका सन्तोष खड्का छन् । उनीहरुलाई त्रिपुराकोट, जुफाल र दुनैबाट खटिएको प्रहरी टोलीले झाडीमा लुकिरहेका अवस्थामा त्रिपुरासुन्दरी नगरपालिका– ३ जीँउबाट सोमबार साँझ पक्राउ गरेको जिप्रका डोल्पाले जनाएको छ । नेपाल बन्द आह्वानको सिलसिलामा ग...
ट्याक्सी चालकलाई पर्यटक आतिथ्यता तालीम

ट्याक्सी चालकलाई पर्यटक आतिथ्यता तालीम

पोखरा, १ जेठ । नेपाल पर्यटन बोर्ड, पोखरा कार्यालयको प्रवद्र्धन एवं इलाका प्रहरी कार्यालय, डाँडाको नाक र लेखनाथ होटल व्यवसायी संघको आयोजनामा लेखनाथ क्षेत्रमा ट्याक्सी चालकलाई पर्यटक आतिथ्यता विषयक तालीम प्रदान गरिएको छ । पर्यटक सर्वप्रथम ट्याक्सी चालकसँग सम्पर्कमा जाने भएका कारण उनीहरूलाई पर्यटकसँग गरिने व्यवहारलगायतका जानकारी दिने उद्देश्यका यस क्षेत्रका ७० जना ट्याक्सी चालकलाई तालीम प्रदान गरि...
सरकारको नीति तथा कार्यक्रम जेठ ७ मा आउने

सरकारको नीति तथा कार्यक्रम जेठ ७ मा आउने

काठमाडौं, १ जेठ। सरकारले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम जेठ ७ गते ल्याउने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम जेठ ७ गते ल्याउने निर्णय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नेछिन् । त्यसका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक जेठ ७ गते अपराह्न ४ बजे बोलाइएको छ । बैठकले भा...
मनसुनी गतिविधि सक्रिय: अझै दुई दिन वर्षा

मनसुनी गतिविधि सक्रिय: अझै दुई दिन वर्षा

काठमाडौँ, ३१ वैशाख । मनसुनी गतिविधि सक्रिय भएसँगै बाहिरी वायुको प्रभावका कारण आज देशैभर बदली र वर्षा भएको छ । पूर्व मनसुन (प्रि–मनसुन) गतिविधिसँगै बाहिरबाट आएको वायुले बदली र वर्षा गराएको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार भारतको उत्तर प्रदेश र विहार क्षेत्रमा न्यूनचापीय क्षेत्रको विकास तथा देशको पूर्वी क्षेत्रमा प्रवेश गरेको बंगालको खाडीको जलवाष्पयुक्त हावा र पश्चिमी क्षेत्...
प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गरी विप्लव समूहले आफ्ना कार्यकर्ता छुटायो

प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गरी विप्लव समूहले आफ्ना कार्यकर्ता छुटायो

त्रिपुराकोट, डोल्पा, ३१ वैशाख। नेपाल बन्दको सिलसिलामा आइतबार पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका नेकपा डोल्पाका कार्यकर्तालाई लैजनान लागेको प्रहरीको स्कर्टिङ टोलीमाथि सोही दलका अन्य कार्यकर्ताले आक्रमण गरी आज छुटाएर लगेका छन् । नेपाल बन्दका क्रममा बजार बन्द गराउँदै हिँडेको अवस्थामा त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत पर्ने त्रिपुराकोट बगरबजारबाट डोल्पा मुड्केचुला गाउँपालिका–९ घर भएका...
जर्मनीमा ‘नेपाल दिवस’ सम्पन्न

जर्मनीमा ‘नेपाल दिवस’ सम्पन्न

काठमाडौँ, ३१ वैशाख । नेपालमा तीनवटै तहको निर्वाचन भई राजनीतिक स्थिरता कायम भएको सन्दर्भमा कसरी आर्थिक सम्वृद्धि हासिल गर्न सकिन्छ भन्ने विषयमा जर्मनीको कोलोन शहरमा हालै सम्पन्न २९ औँ ‘नेपाल दिवस’ का अवसरमा गहन छलफल भएको छ । जर्मन नेपाल मैत्री संघले नेपाल पर्यटन बोर्ड, जर्मनीस्थित नेपाली दूतावास र जर्मनीको म्युजियम कल्चर अफ दि वल्डर्सको सहकार्यमा आयोजनामा गरेको सो समारोहमा विदेशमा रहने नेपाली तथ...
म्याग्दी भ्रमण वर्ष २०७५ को शुभारम्भ

म्याग्दी भ्रमण वर्ष २०७५ को शुभारम्भ

म्याग्दी, ३१ वैशाख ।  पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आइतबारदेखि म्याग्दी भ्रमण वर्ष २०७५ शुरु भएको छ । प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक र पौराणिक महत्वका सम्पदाको पहिचान, संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसार गरेर स्वदेशी तथा विदेशी पर्यटक आगमन वृद्धि गर्ने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य संघले स्थानीय तह र संबद्ध सरकारी निकायसँगको सहकार्यमा भ्रमण वर्षको शुभारम्भ गरेको संघले जनाएको छ । ...
error: Content is protected !!