म्याग्दीको कुहुँमा १७ औँ शताब्दीको सुरुङमार्ग भेटियो
म्याग्दी, २२ जेठ । म्याग्दीको मंगला गाउँपालिका–१, कुहूँको शिरानमा कुहुँ मालिका मन्दिर नजिकै रहेको १७ औँ शताब्दीको ऐतिहासिक सुरुङमार्ग भेटिएको छ ।
जिल्लाकै सबैभन्दा पुरानो सुरुङमार्ग भए पनि प्रचारप्रसार र पूर्वाधारको अभावमा सो सुरुङमार्ग ओझेलमा परेको छ । बाइसे/चौबिसे राज्यअन्तर्गत तत्कालीन समयमा शक्तिशाली मानिएका राजा डिम्ब मल्लले शत्रुसँग सुरक्षित रहन प्रयोग गर्ने गरेको सो सुरुङमार्गको प्रचारप्...






























