एसईईको नतिजा असार १० भित्रै सार्वजनिक गर्ने तयारी
काठमाडौं, ३ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसईई परीक्षाको नतिजा एक साताभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ ।
अहिले एसईई परीक्षार्थीको प्राप्ताङ्क कम्प्युटरमा इन्ट्री गर्ने र रुजु गर्ने काम भइरहेको छ ।
असार १० गतेभित्रै नतिजा सार्वजनिक गर्ने तयारीमा जुटिरहेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताए ।
प्राविधिकतर्फको नतिजा पनि सँगै प्रकाशित गर्ने योजना बनाइरहेको रे...





























