काठमाडौँ, ५ असार ।  प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि मंगलबार बिहान चीन प्रस्थान गरेका छन् । व्यवसायी र पत्रकारसमेत गरी एक सय १९ सदस्यीय टोली ओलीसँगै चीन जाँदै छ ।

Advertisement

मंगलबार चिनियाँ समयअनुसार सवा ५ बजे प्रधानमन्त्री ओली बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् । त्यहाँबाट हिल्टन ग्रुपको डबल ट्री होटेल पुग्नेछन्, जहाँ नेपाली राजदूत लीलामणि पौड्यालले रात्रिभोजसहित स्वागत समारोह आयोजना गर्दै छन् ।

चीन भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् । साथै ऊर्जा, जलस्रोत र पुनर्निर्माणका विषयहरुमा दुसम्झौता पनि हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओली चिनियाँ विमानबाट ल्हासा हुँदै स्वदेश फर्कनेछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!