बसको ठक्करबाट एउटै मोटरसाइकलमा सवार चारमध्ये तीन जनाको मृत्यु
तनहुँ, १३ जेठ । बसको ठक्करबाट तनहुँमा तीन जना युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार मोटरसाइकलमा चार जना सवार गरिरहेकामध्ये दुई जनाको शनिबार राति नै घटनास्थलमा र एक जनाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते भएका एकको भने उपचार भइरहेको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा पर्सा जिल्ला सेरवा गाउँपालिका–३ बस्ने २० वर्षीय राज राय, सोही स्था...




























