होटलबाट १२ जना जुवाडे पक्राउ
दमौली, तनहुँ, २९ जेठ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ खैरेनीटारस्थित हीराचन होटल एण्ड लजमा सोमबार अपराह्न ५ बजे प्रहरीले छापामारी १२ जना जुवाडेलाई पक्राउ गरेको छ ।
सो जुवाको खालबाट प्रहरीले रु एक लाख २५ हजार ६१५ नगदसहित ती व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताउनुभयो ।
उक्त होटलमा अवैधरुपमा जुवातास खेलिरहेको भन्ने सूचनाका आध...


























