काठमाडौँ, ५ असार । सरकारले सोमबार साँझ निधन भएका वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको राजकिय सम्मानका साथ अन्तिम बिदाइ गर्ने निर्णय गरेको छ।

Advertisement

सोमबार राति बसेको मन्त्रिपरिषदको बैठकले डा देवकोटालार्इ राजकीय सम्मान अर्पण गर्ने निर्णय गरेको सरकारका कानुनमन्त्री शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

‘उहाँलार्इ राजकीय सम्मान दिने निर्णय भएको छ,’ मन्त्री तामाङले मन्त्रीपरिषद्को निर्णय सुनाउँदै भने, ‘नेपाली चिकित्सा क्षेत्रमा उहाँले गरेको योगदान सदैव स्मरणीय रहनेछ, साेही याेगदानकाे सम्मानमा यस्तो निर्णय गरिएको हो।’

दिउँसो १ बजेसम्मका लागि डा. देवकाेटाकाे पार्थिव शरीरलार्इ अन्तिम श्रद्धाञ्जलीका लागि अस्पतालमै राखिएकाे छ। डा. देवकोटाकाे पार्थिव शरीरलार्इ ढाका टोपी लगाइदिएर सर्वसाधारण एवं शुभेच्छुककाे श्रद्धान्जलीका लागि राखिएको हाे। उनकाे पार्थिव शरीरमा पुष्पगुच्छा र श्रद्धाञ्जली चढाउनेकाे अस्पताल परिसरमा भीड लागेकाे छ ।

डा. देवकोटाको अन्तिम दाहसंस्कार अाजै पशुपतिस्थित अार्यघाटमा विद्युतीय मेसिनबाट गरिने अस्पताल प्रशासनले जनाएकाे छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!