संगालोखबर सम्वाददाता

काठमाण्डौ, ३ असार । पूर्वी पहाडी जिल्लाका कांग्रेस नेता तथा कार्यकर्ताले आईतवार पार्टी सभापति शेर वहादुर देउवासँग राजधानीमा भेट गरी कांग्रेसलाई सशक्त बनाउँनका लागि विधान र सांगठनिक संरचनामा परिवर्तन गर्न सुझाव दिएका छन् ।

Advertisement

पार्टीलाई सशक्त बनाउँनुपर्ने आवश्यकता खड्किएको बताउँदै उनीहरुले सवैलाई एकताबद्ध बनाएर पार्टीलाई अझ क्रियाशिल बनाउँन सुझाव दिएका हुन् ।

सत्तामा रहेका पार्टीले पूर्वी पहाडी जिल्लामा कांग्रेस समर्थकलाई झुटो मुद्धा लगाएर फसाउने परिपाटी बढ्दै गएको भन्दै उनीहरुले कार्यकर्ताको संरक्षणमा केन्द्रले ध्यान दिनुपर्ने आवश्यकता पनि औल्याए ।

कार्यकर्तासँगको भेटमा सभापति देउवाले सदन र सडक दुवैमा अझ सशक्त र जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरेर सवै नेता तथा कार्यकर्ताको भावना अनुरुप नयाँ ढंगबाट कांग्रेसलाई अघि बढाउँन आफु प्रतिवद्ध रहेको बताए ।

देउवाले अहिलेको चुनौती सामना गर्न सक्ने समक्ष र दह्रो कांग्रेस बनाउन लागिपरेको जानकारी गराएको भेटमा सहभागि कांग्रेस धनकुटा सचिव बिजयसन्तोषी राईले संगालोखबरलाई जानकारी दिए ।

कार्यक्रममा कांग्रेस १ नम्वर प्रदेशका नेता तथा पूर्व राज्यमन्त्री टंक राई, महासमिति सदस्य जनक थापा, धनकुटा जिल्ला सचिव राई, नेपाल टे«ड युनियन कांग्रेस संखुवासभाका अध्यक्ष रितेश लिम्बु लगायत १ नम्वर प्रदेशको पूर्वी पहाडी जिल्लाका नेता, कार्यकर्ता सहभागि थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!