बनेपा, २८ असार । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–११ स्थित बोहरेदोभानमा बाढीले बगाउँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

बुधबारदेखि निरन्तर परेको वर्षाका कारण खोलामा बाढी आएपछि आज बिहान पाँचखालस्थित झिगु खोला तर्नेक्रममा बगाउँदा सोही नगरपालिका–१२ का डोरनाथ कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले बताए ।

यसैबीच, बाढीका कारण काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–२ मा दुई घर र वडा नंं १ मा एक घर तथा रोशी गाउँपालिका–८ मा एउटा घर गरी चार घर पूर्णरुपमा क्षति भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!