पोखरा, २९ असार । पोखरेली पर्यटन व्यवसायीले विहार तथा आसपासका पर्यटकलाई गर्मी छल्न पोखरा आउन निम्तो दिएका छन् ।

Advertisement

पश्चिमाञ्चल होटेल संघको आयोजना एवं नेपाल पर्यटन बोर्ड पोखराको प्रवद्र्धनमा बुधबारदेखि शुरु ‘चलिए पोखरा’ अभियानसहित बिहीबार पटना पुगेको टोलीले पत्रकार भेटघाटमा गर्मी छल्नका लागि भारतीयको उपयुक्त गन्तव्य पोखरा हुने बताउँदै भारु तीन हजारदेखि १३ हजारसम्मको विवरण सार्वजनिक ग¥यो ।

नेपाल पर्यटन बोर्ड प्रदेश कार्यालय पोखराका प्रमुख सूर्य थपलियाले पोखरा सेप्टेम्बरदेखि फेब्रुअरीसम्म उपयुक्त समय भए पनि भारतीय पर्यटकका लागि वर्षात् पनि उपयुक्त हने धारणा राख्नुभयो ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले विहारी धर्मसंस्कृति नेपालसँग मिल्दोजुल्दो भएको बताउनुभयो । टुरिज्म एशोशियशन विहारका अध्यक्ष सञ्जय शर्माले भारतीय पर्यटकलाई सीमा नाकामा धेरै नै दुःख दिने, अपमान गर्ने तथा झञ्झट लगाउने गुनासो गर्दै बसमा गएका भारतीय पर्यटकलाई जुनसुकै शहरमा निर्धक्क जाने र एक पटक कर तिरेपछि अन्य ठाउँमा कर नलाग्ने गरेमा नेपाल आकर्षक हुने सुझाव दिनुभयो ।

पटनादेखि पोखरा सीधा हवाई यात्रा सञ्चालन गर्न सके पर्यटको वृद्धि हुने उहाँको विश्वास छ । उहाँले पोखराका होटलको सेवा शुल्क बढी भएको औँल्याउँदै उक्त शुल्क कायम रहे भारतीयहरु नेपालको सट्टा थाइल्याण्ड जान सक्ने भएकाले केही रकम घटाउन व्यवसायीलाई सुझाव दिनुभयो ।

पटनाका पर्यटन व्यवसायी गौरव कुमारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ गएपछि विहारीको चासो बढेको र जाने चाहना व्यक्त गर्ने गरेको बताउनुभयो । उहाँले पटना–पोखरा हवाई यात्रा शुरु भएमा १० देखि १५ प्रतिशत पर्यटक वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!