काठमाडौँ, २९ असार । चीनको सिचुवान प्रान्तस्थित एक औद्योगिक पार्कमा बिस्फोट हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने १२ घाइते भएका छन् । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले यसबारे जानकारी दिएका हुन् ।
स्थानीयलाई उद्धृत गर्दै रोयटर्सले दिएको जानकारी अनुसार यिबिन हेङ्डा टेक्नोलोजीले चलाएको रासायनिक भट्टीमा बिस्फोट भएको हो ।