काठमाडौँ, २९ असार ।  राष्ट्रपति विद्यादेवी भण्डारीसँग आफ्नो अढाई वर्षे कार्यकाल पूरा गरी सेवाबाट निवृत्त हुन लाग्नुभएका नेपालका लागि फ्रान्सका राजदूत इभ्स कार्मोनाले आज राष्ट्रपति कार्यालयमा बिदाइ भेट गर्नुभयो ।

Advertisement

त्यस अवसरमा नेपाल–फ्रान्स सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।

भेटमा नेपाल सरकार र यहाँस्थित फ्रान्सेली राजदूतावासका उच्च अधिकारीको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री युवराज खतिवडासँग राजदूत कार्मोनाले बिहीबार बिदाइ भेट गर्नुभएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!