धौलागिरि आधार शिविर पुग्ने पदमार्ग निर्माण
म्याग्दी, १४ साउन । संसारको सातौँ अग्लो आठ हजार १६७ मिटर धौलागिरि हिमालको आधार शिविर पुग्ने पदमार्ग निर्माण भएको छ ।
पर्यटन विभागको सहयोगमा रघुगंगा गाउँपालिका–७ चिमखोलाका बासिन्दाले धौलागिरि आइसफल पदमार्गको कालीबराह खोलाको दोभानदेखि आधार शिविर जोड्ने पदमार्ग निर्माण गरेका हुन् ।
विभागको रु १० लाख सहयोगमा पहाडमा ढुंगाको सिँढीसहितको एक हजार ५०० मिटर पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका सदस्य ...































