काठमाडौंँ, १४ साउन । त्रिभुवन विश्वविद्यालयमा आर्थिक पारदर्शिता कायम गर्न ‘त्रिवि केन्द्रीय बेरुजु सूचना व्यवस्थापन सफ्टवेयर प्रणाली’ सञ्चालनमा ल्याइएको छ ।

Advertisement

सो सफ्टवेयरको त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले आइतबार शुभारम्भ गरे । लेखापरीक्षण महाशाखाले आर्थिक पारदर्शिता कायम गर्न त्रिविका ३० शाखामा एकैसाथ सफ्टवेयर प्रणाली सञ्चालनमा ल्याएको हो ।

‘‘त्रिविको आर्थिक अनुशासन र पारदर्शिता कायम गर्न आवश्यक रहेको छ’’ रजिष्ट्रार उप्रेतीले भने, ‘‘अब नयाँ प्रणालीअनुसार समयमै आन्तरिक एवं बाह्य लेखापरीक्षण गर्न नसक्ने शाखाको बजेट निकासा रोकिन्छ ।’’

नायब महालेखा परीक्षक विवेकानन्द घिमिरेले त्रिविले निर्माण गरेको नियम र कार्यविधिको प्रभावकारी कार्यान्वयन गर्न सबैलाई अनुरोध गर्दै त्रिविजस्ता शैक्षिक संस्थालाई आर्थिक अनुशासनको दायरामा राख्न सफ्टवेयर सञ्चालन उपयोगी हुने बताए ।

लेखापरीक्षण महाशाखाका प्रमुख आर्थिक नियन्त्रक राजेन्द्रबहादुर श्रेष्ठले त्रिविमा बेरुजु नियन्त्रणको प्रयास भइरहेको बताए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!