चितवन, १५ साउन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्याउली बजारमा ट्रकको ठक्करबाट गएराति एक मजदुरको मृत्यु भएको छ ।

Advertisement

मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको यूपी २२ टि ८४४७ नं को भारतीय ट्रकको ठक्करबाट पैदलयात्री दैलेखका ३५ वर्षीय जीवन सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा शिक्षण अस्पताल भरतपुरमा मृत्यु भएको हो ।

उनी नारायणगढ मुग्लिन सडकखण्डमा काम गर्दैआएका थिए । फरार रहेका ट्रकका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!