काठमाडौँ, १६ साउन । पच्चीस वर्षदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

Advertisement

जिल्ला अदालतबाट एक महिना कैद र रु एक हजार जरिवाना गरिएपछि फरार रहेका बेँसीशहर नगरपालिका–११ का ५४ वर्षीय पूर्णबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो।

विसं २०५० मा बहुविवाह मुद्दामा थापालाई रु एक हजार जरिवानासहित एक महिना कैदको फैसला गरिएको थियो। थापालाई अदालतमा पेश गरी कैद भुक्तानीका लागि कारागार चलान गरिएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।

विभिन्न मुद्दामा जिल्ला अदालतबाट सजाय पाएर पनि फरार रहेका व्यक्तिको खोजतलास गर्ने अभियानलाई प्रहरीले पछिल्लो समय तीब्रता दिएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!